स्थानीय विकास अधिकारी न्यौपानेलाई विदाई सम्मान

607 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–धादिङवाट स्थानीय विकास मन्त्रालय सरुवा हुनुभएका स्थानीय विकास अधिकारी रमेश न्यौपानेलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले
शनिवार विदाई गरेको छ । नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ धादिङले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी स्थानीय विकास अधिकारी न्यौपानेलाई विदाई गरेका हुन । 
न्यौपानेको विदाईका लागि आयोजना गरिएको कार्यक्रममा पुर्व सांसद एवमSAM_2566 रामनाथ अधिकारी,नेकपा एमालेका अध्यक्ष खेम लोहनी,एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य रुद्रवहादुर खत्री,राप्रपाका नन्दप्रसाद काप्री,नेकपा एकीकृतका शिवनिधि खनाल,नेपाल पत्रकार महासंघ धादिङका पुर्व अध्यक्ष सीताराम वर्मा लगायतले न्यौपानेको कार्यकालको समिक्षा गर्नुका साथै उहांले धादिङ जिल्लाको विकासका लागि गर्नुभएको नितिगत व्यवस्थापनका बिषयमा चर्चा गरिएको थियो । SAM_2553
कार्यक्रममा गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल,पत्रकार महासंघका अध्यक्ष छत्कुली लगायतले न्यौपानेलाई खादा,माला र ढाका टोपी लगाईदिएर विदाई गरिएको थियो ।