क्षत्री समाज धादिङको अध्यक्षमा लोकेन्द्र

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२५ जेठ ः क्षत्री समाज नेपाल जिल्ला कार्य समिति धादिङको अध्यक्षमा लोकेन्द्रकुमार थापा निर्वाचित हुनुभएको छ । शनिवार धादिङबेसीमा सम्पन्न समाजको प्रथम जिल्ला अधिबेशनले थापाको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो ।
SAM_2598अधिबेशनवाट समाजको बरिष्ठ उपाध्यक्षमा महेन्द्र धमला,महिला उपाध्यक्षमा मनमाया गोतामे, क्षेत्रीय उपाध्यक्षमा एक नम्बरमा शान्तबिक्रम वानिंया,दुई नम्बरमा यमवहादुर अधिकारी र तीन नम्बरमा दिपकबिक्रम बस्नेत चयन हुनुभएको छ । त्यसैगरी सचिवमा प्रेम पाण्डे,कोषाध्यक्षमा टिका सुवेदी, सह सचिवमा अनिता वानियाँ र सदस्यहरुमा हरीमाया रायमाझी,सावित्री कंडेल,कमला कार्की,राजु अधिकारी,कुमार अधिकारी,भरत सुंयल,प्रमोद थापा र भरत थापा रहेका छन ।
अधिबेशन समाजका केन्द्रिय अध्यक्ष डाक्टर चन्द्रवहादुर थापाको प्रमुख आतिथ्यमा शनिवार धादिङबेसीमा सम्पन्न भएको थियो । जिल्ला कार्य समितिको कार्यकाल तीन बर्षको रहने छ ।