मौरीपालन तथा मह उत्पादन तालिम सम्पन्न

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पिडा–धादिङ उद्योग वाणिज्य संघको व्यवस्थापन तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको आयोजनामा १० दिने मौरीपालन तालिम सम्पन्न भएको छ । पिडा गाविस वडा नं. २ मा आयोजना गरिएको उक्त तालिम २०७१ साल जेष्ठ १७ गते देखि जेष्ठ २६ गते सम्म संचालन भएको थियो । १३ जना पिपलटार तथा घाटवेसीका मौरीपालक किसानको सहभागीता रहेको उक्त तालिमको प्रशिक्षण मौरी वाजे केशव अर्यालले गर्नूभएको थियो भने सहप्रशिक्षकमा कमला थापा रहनु भएको थियो ।
तालिम पश्चात किसानहरुलाई तालिममा प्रयोग भएको मौरीकाृ घार तथा अन्य औजारहरु ४० प्रतिशत छुटमा विक्री गरिएको थियो । तालिम अवधीभर करिव २० किलो मह उत्पादन गएिको थियो ।