खड्गमान माडसाव बिद्यालयवाट टाप, संधै झ्याप

762 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ढोला –बिद्यालयका प्रधानाध्यापकनै लामो समय देखि बिद्यालयमा अनुपस्थित रहेपछि ढोला गाविसको वडा नम्बर ९ जैसिंहधापमा रहेको भैरवी प्राथमिक बिद्यालयको पठन पाठन प्रभावित हुन पुगेको छ ।
बिद्यालयका प्रधानाध्यापक खड्गमान श्रेष्ठको लापरवाहीका कारण बिद्यालयको पठनपाठन र व्यवस्थापन समेत समस्यामा पर्दै गएपछि बिद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालयलाई लिखित जानकारी गरार्ई कारवाहीको लागि माग गरेको छ । बिद्यालय व्यवस्थापन समिति र मैदी श्रोत केन्द्रका श्रोत व्यक्ति शुदर्शन भट्टको उपस्थितीको बसेको बैठकले प्रअ श्रेष्ठलाई यस अघि पटक पटक सुध्रनका लागि गरिएको आग्रहको वेवास्ता भएपछि कारवाहीका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिश गरेको हो ।
दरवन्दिको शिक्षक १ जना र वाल शिक्षिका १ गरी जम्मा २ जना मात्र शिक्षक रहेको उक्त बिद्यालयमा तीन कक्षा सम्मको पढाई सञ्चालन हुंदै आईरहेको छ भने २२ जना बिद्यार्थी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणी दुवाडीले जानकारी दिनुभयो । २३ बर्ष देखि शिक्षण पेशामा संलग्न श्रेष्ठ ३ बर्षयता अधिकांश समय मदिरा सेवन गरेर बिद्यालयमा अनुपस्थित रहंदै आईरहेकाले उक्त आचरण सुध्रार्न पटक पटक सचेत गराईएपनि अटेर गर्दै आएकाले वाध्य भएर जेठ २५ गते पछिल्लो पटक कारवाहीका लागि शिक्षा कार्यालयलाई लिखित अनुरोध गरिएको अध्यक्ष दुवाडीले जानकारी दिनुभयो । यस अघिको अनुरोधलाई अटेर गरेर गैर जिम्मेवार ढंगवाट प्रस्तुत हुंदै बिद्यालयको अवस्था नाजुका वनाउन लागिपरेकाले श्रेष्ठलाई कारवाहीका लागि शिक्षा कार्यालयसंग लिखित आग्रह गर्न बिद्यालय व्यवस्थापन समिति र समुदाय वाध्य हुनुपरेको अध्यक्ष दुवाडी बताउनुहुन्छ ।
बिद्यालयको दैनिक प्रशासनका साथै अन्य नियमित कामहरु अलपत्र छाडेपनि श्रेष्ठले तलव भने नियमित रुपमा खांदै आईरहेकाले उनको नियत खराव देखिएकोले कारवाहीका लागि स्थानीयवासीले शिक्षा कार्यालयलाई दवाव दिएका छन । यता जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले श्रेष्ठका बिषयमा यस अघि पनि पटक पटक गुनासो आएकाले यस पटक सात दिन भित्र लिखित स्पष्टिकरणका लागि पत्राचार गरिसकिएको वताउनु भएको छ । शिक्षकको काम बिद्यालयमा गएर पढाउने हो । बिद्यालयनै नगई जागिर खानका लागि कसैलाई पनि छुट नभएकाले यस बिषयमा छानविन गरी उनि माथि आवश्यक कारवाही गरिने सुवेदीले वताउनु भएको छ ।
श्रेष्ठले आंफु प्रधानाध्यापक भएर गर्नुपर्ने जिम्मेवारी पुरा नगरेका कारण बिद्यालयको वार्षिक प्रगति बिवरण समयमै नपाउनुका साथै बिद्यालयको सामाजिक परिक्षण समेत हुन नसकेको श्रोत व्यक्ति भट्ट वताउनुहुन्छ । सुध्रन सक्ने अवस्था देखिंदा सम्म पटक पटक समय र अवसर दिएको भएपनि श्रेष्ठले आंफुलाई सुधार्न नसकेकाले कारवाहीका लागि पहल गर्नुपरेको भट्टले वताउनुभयो ।