……..बधाई छ धादिङ न्युज अनलाईन खबर पत्रिकालाई…..
1721 पटक पढिएको
-सन्तोष राज सापकोटा
समाज परिर्वतनगर्नलाई सञ्चार माध्यमको ठूलो भुमिका रहेको हुन्छ । समाजको हरेक प्रकारको बिकृति,बिसंगतीको अन्त्य गर्न देखि कुनैपनी कामको थालानि गर्नलाई सञ्चार माध्यमले एउटा गहन भुमिका खेलेको हुन्छ ।एउटा न्याय नपाएर बस्नुपरेका गाउँका हरेक व्यतिmलाई सञ्चार माध्यमले नै न्याय दिलाउँने ठाउँ सम्म पुर्याउँछ । कुनै गाउँको एउँटा सानो कोप्चादेखि ठूला शहरसम्म खबरलाई आदान प्रदानगर्ने कार्य सञ्चार माध्यमले गरिराखेको हुन्छ । धादिङ जिल्लाको विकाश र बिस्तारको लागि डिजिटल पत्रकारिता मार्फत अतुलनिय योगदान दिंद आईरहेको धादिङ न्युज अनलाईन खबर पत्रिकाले देश बिदेशमा बसेका दाजुभाई दिदि बहिनिलाई आफनोे गाउँ ठाउँ को सुचना एव्म जानाकारी दिई समुदायमा बसेका मानिसाहरुको जिवनको भोगाई अनिमनोरञ्जनलाई विदेशमा र विदेशकामानिषहरुको जिवनको भोगाई अनि मनोरञ्जनलाई समुदायमा पुर्याउंदै आईरहेको छ ।
अनलाईन मार्फत देश बिदेशमा धादिङ जिल्लालाई चिनाउन नेत्रावती मिडिया र धादिङ न्युज अनलाईन खबर पत्रिकाका सम्पुर्ण यूनिटलाई हृदय देखिनै धेरै धेरै धन्यबाद नदिइरहन सक्दिन । साथै हाम्रो धादिङको आवाज बोकेको यस अनलाईन खबर पत्रिकाले धादिङ जिल्लाको मात्र नभएर विश्वको समाचार र सुचनालाई पनि पढ्न र हेर्न सक्ने व्यवस्था मिलाउंदै जावोस शुभकामना ।
-त्रिपुरेश्वर -३ .खहरे धादिङ