जंगलको झुप्रामा मागेर गुजारा
658 पटक पढिएको
घरमा बूढाबूढी मात्रै भएपछि अन्नदेखि लुगाफाटासम्म माग्ने गरेको उनले बताए । ‘काम गर्न सकिँदैन,’ उनले भने, ‘नमागेर के गर्नु, बाँच्नैपर्यो ।’ खानेकुरा नहुँदा धेरै दिन भोकै परेको उनले सुनाए । अर्को गाउँका आफन्त पर्नेको घरबाट ल्याएको ४ माना कोदो सकिएपछि अन्नको गेडो नहुने उनले बताए । त्यसपछि फेरि माग्न हिँड्नुपर्ने मंगलले सुनाए । काइँली कान राम्रो सुन्दिनन् । ज्यालामजदुरी गर्न घर वरपर काम पाइँदैन । टाढा जान नसक्ने भएपछि दुई वर्षदेखि माग्न थालेको उनीहरूले सुनाए । स्याउलाको छानो र भित्तो भएको झुप्रोमा छिमेकी गाउँलेसँग मागेर ल्याएको एउटा गाईको बाच्छी पनि छ । मुस्किलले मान्छे छिर्न सक्ने होचो झुप्रो त्यही पनि चुहिन्छ । ‘गर्मीमा त ठीकै हुन्छ, जाडोमा चिसोले सताउँछ,’ काइँलीले भनिन् । झुप्रो चुहिने भएपछि स्याउला काटेर ल्याए पनि छाउने तागत उनीहरूसँग छैन । ‘मर्ने बेलामा घर बनाउने सुर छैन,’ मंगलले भने, ‘यही झुप्रो छाउन पाए पुग्थ्यो ।’ छोरा अघि लागेपछि बुहारी बाटो लागेको उनीहरूले सुनाए । बाँकी भएको नाति पनि घर बस्न मान्दैन । उनीहरू बेसहारा छन् । साउनताका मकै नभित्र्याएसम्म हातमुख जोर्न माग्नु नै पर्ने उनीहरूको बाध्यता छ । त्यसपछि दुई महिना खान पुग्छ । मंसिरमा कोदो आएपछि फेरि दुई महिना आफ्नै अन्न खान पाउँछन् । ‘हिजोआज त अन्न छैन, खोलेफाँडो दिनमा एक छाक खाने हो,’ मंगलले भने । पहिलेको घर लडेपछि उनीहरू झुप्रोमा पुगेका हुन् । ‘खान पाइएन हजुर भनेर शरण परेपछि दुई मुठ्ठी अन्न सबैले दिन्छन्,’ काइँलीले भनिन्, ‘त्यही मुठ्ठीका भरमा बूढाबूढीको प्राण धानिएको छ इ कान्तिपुर डट कमले खबर लेखेको छ । तस्बिर सुदीप/कान्तिपुर