आ।व। २०६८।०६९ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक

869 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- प्रेस काउन्सिल नेपालले आर्थिक बर्ष २०६८÷६९ को पत्र पत्रिका वर्गिकरण नतिजा सार्वजनिक गरेको छ ।  कूल ८८५ पत्रपत्रिका वर्गीकरणको लागि आवेदन दिएकोमा ७७८ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने १०७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । वर्गीकरण नतिजा अनुसार राष्ट्रियस्तरमा २३२, क्षेत्रीयस्तरमा २३८ र स्थानीयस्तरमा ३०८ समावेश भएका छन् । दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक/त्रैमासिक र साहित्यिक गरी राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरमा “क” वर्गमा १३९, “ख” वर्गमा २४६, “ग” वर्गमा २५८ र “घ” वर्गमा १३५ रहेका छन् ।नतिजाको जानकारीका लागि प्रेस काउन्सिल नेपालको वेभसाईट http://presscouncilnepal.org/notice.php मा गएर हेर्न सकिन्छ ।

Netrawoti-1नतिजा अनुसार धादिङ न्युज संचालक संस्था नेत्रावती मिडिया प्रा.लि.द्धारा हरेक बुधवार धादिङबाट प्रकाशित नेत्रावती साप्ताहिक सहित जिल्लाका अन्य ३ वटा समेत गरी चारवटा पत्रिका ग वर्गमा परेको छ । नेत्रावती संगै जिल्लावाट प्रकाशित हुने जनमुक्ति मार्ग साप्ताहिक,धादिङमा दर्ता भई काठमाण्डौवाट प्रकाशित हुंदै आएको जनसंजाल साप्ताहिक र हाल दैनिकका रुपमा प्रकाशित हुंदै आईरहेको धादिङ आवाज साप्ताहिक पनि ग वर्गमा परेको छ ।