नलाङमा कृषि पर्यटन मेला असार १३,१४ र १५ गते आयोजना गरिने

736 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_2793धादिङ–कृषिको प्रवद्र्धन र व्यववासायिक कृषि तथा पशुपालनका बिषयमा समुदायको सहभागिता र चासो बढाउन धादिङको नलाङमा कृषि पर्यटन मेला २०७१ को आयोजना गरिने भएको छ । कृषि पर्यटन क्षेत्र विकास समिति नलाङको आयोजनामा यहि असार १३,१४ र १५ गते नलाङमा मेलाको आयोजना गर्न लागिएको समितिले जनाएको छ । समितिले बुधवार नलाङ गाविसको कफीडांडामा पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना हुन लागेको बिषयमा जानकारी दिएको हो । समितिका अध्यक्ष बद्रिप्रसाद अर्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका पदाधिकारीका साथै नलाङ गाविसमा कार्यरत राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मेलाका क्रममा असार १३ गते ठांटीभन्ज्याङ वाट खिर्रेभन्ज्याङ सम्म किसान र्याली,१४ गते मिन्दुका मावि नलाङमा अन्तरक्रिया तथा बृहद छलफल र १५ गते बुङचुङमा रोपाईको आयोजना गरी मेला सम्पन्न गरिने वताईएको छ । प्रस्तुत छ पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस बिज्ञप्ति जस्ताको तस्तै

========================================================

मिति ः २०७१÷०३÷०४ प्रेस विज्ञप्ती कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाँउमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा अवस्य पनि फाइदा पुग्छ र विकासको गति चाँडो हुन्छ । कृषि–पर्यटनको एकिकृत विकास योजनाले कृषि उत्पादनमा सुद्धिकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि –पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना देखिन्छ । कृषि–पर्यटनले विदेशी नयाँ प्रविधि र नेपाली युवा कृषकको उत्साहको विचमा प्राविधिक पक्षको आदान–प्रदान भई उत्पादनमा विशिष्टता, प्रसोधनमा नविनता, स्वादमा मौलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रर्वद्धनमा समेत सहयोग पुग्छ भने व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटन संग जोड्न जरुरी छ । यसैका लागि नलाङ गाउँ विकास समितिको मातहतमा रहनेगरी कृषि–पर्यटन क्षेत्र विकास समिति नलाङ गठन भै यसले आप्mना कामहरुलाई अघि बढाएको छ । जस अन्तरगत २०७१ साल असार १३–१५ सम्म तिनदिने कृषि–पर्यटन मेला– नलाङ, २०७१ आयोजना गरिएको छ । मेला अन्तरगत १३ गते विभिन्न जातीय झाँकी सहित र्याली र मेला उद्घाटन, १४ गते कृषि–पर्यटन क्षेत्र विकासमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम र १५ गते राष्ट्रिय धान दिवस मनाउँदै मेला समापन गरिने छ । कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुन्छ र कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले समाजिक सदभाव बढ्छ । फर्म–स्टे, होम–स्टेको र होटलस्टेको सूव्यवस्थापनले पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ भन्ने विश्वासका साथ मेला आयोजना गरिएकोले उक्त मेला सम्पन्न गर्न सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्थाहरु, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरु, सामाजिक संघ÷संस्थाहरु, शिक्षक, अभिभावक, विद्यार्थी, किसान संघ÷संगठन÷समूहहरु, सहकारी संघ÷संस्थाहरु, नलाङबासी सम्पूर्ण महानुभावहरु र यससंग सरोकार राख्ने सबैसंग सहयोगको अपेक्षा गर्दछौं ।

……………………… (बद्रिप्रसाद अर्याल) अध्यक्ष कृषि पर्यटन क्षेत्र विकास समिति, नलाङ, धादिङ ।