भकारी भर्दै धादिङका सहकारी-रोजगारका लागि विदेशिएका पनि नेपाल फर्कन थाले
1070 पटक पढिएको
धादिङ- गाउँ गाउँमा सहकारी, घर घरमा भकारी भन्ने राजनीतिक नाराले राजनीतिक दललाई फाइदा पुग्यो पुगेन त्यो अर्को बहसको विषय बन्ला, तर कतिपय ठाउंमा यो नारा ब्यवहारमा लागु भएको छ र अपवाद बाहेक कतिपयको भकारी भरिएको सफलताको कथा पनि छ । धादिङ सलाङघाटका स्थानीय कृषकले केही वर्ष पहिले सम्म आफ्नो उत्पादनको उचित बजारमुल्य पाउंदैनथे । लागत भन्दा पनि कम मुल्यमा आफ्नो श्रम पसिनाको मुल्य पनि पाउंदैनथे स्थानीय कृषकहरु त्यसमाथी ब्यापारीको रुखो र अमानवीय ब्यवहार ।
२ हजार ५५ सालमा गाउंका केही स्थानीयको सक्रियतामा साना किसान सहकारी दर्ता गरेपछी ति दिनहरु फेरिएका छन् । ‘साना किसान सहकारी दर्ता पश्चात तरकारी संकलन गरी विक्रि केन्द्र स्थापना गरेपछी कृषकहरुले उत्पादनको पुरा मुल्य पाएका छन् भने उपभोक्ता र किसानले पाउने मुल्यबीच पनि खासै अन्तर पनि छैन’ सहकारीका प्रबन्धक गोपाल सिलवालले उल्लास सांटे । काम गर्न चाहने कृष कसँग पैसाको समस्या नहोस् भनेर सहकारीले कृषकको क्षमता हेरेर ऋण्ँ दिने गरेको छ ।
एक हजार दुई सय ३४ सदस्या रहेको सहकारीले कृषकहरुलाई नौ करोड ८४ लाख बराबरको ऋण सहयोग गरेको छ। अहिले सहकारीले किसानलाई आवश्यक विउविजन, खाद्यपदार्थ उपलब्ध गराउने उद्श्यले संचालनमा ल्याएको सहकारी पसलले कृषकलाई निकै राहत पुर्याएको छ। गोलभेडाको मुल्य लागत मुल्य भन्दा कम आउने अवस्थाका लागि भनेर आवद्ध सदस्य र सहकारीले सस उद्योग पनि संचालनमा ल्याएका छन् । सहकारीकै पहलमा सालाङ क्षेत्रमा संचालनमा आएको मगर होमस्टे मगर संकृति प्रवर्दनमा सहयोग पुर्याएको छ भने स्थानीयको आर्थिक स्थिती पनि उकासीएको छ ।
सलाङ नलाङ र बेनीघाट कार्य क्षेत्र रहेको सहकारीले ७२ रोपनीमा किम्बु खेती गर्ने र किम्बुको कोयाबाट रेशम धागो उत्पादन गर्ने गरेको छ । सहकारीकै अग्रसरतामा गाउंमा गोवर ग्यास निर्माण, पशु स्वास्थ्य क्लिनिक, पशु बिमा लगायतका काम पनि भइरहेको छ । कृषि सम्बन्धि काममा मात्र नभई सहकारी सदस्यहरुको सामाजिक सुरक्षाका लागि पनि संवेदनशिल छ । सहकारीले उपचार कोष, अपांगता राहात कोष, दैविप्रकोपबाट हुनसक्ने क्षतीका लागि राहत कोष लगायतका कोषहरुबाट किसान सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ ।
रोजगारका लागि विदेशिएका पनि नेपाल फर्कन थाले सहकारी स्थापना पछी गाउंको रुप फेरीएको छ भने स्थानीय कृषकहरुको आर्थिक स्थिती त उकासिएको छ नै स्थानीय युवाहरुपनि विदेश भन्दा आफ्नै ठाउंमा स्वरोजगार बनिरहेका छन् । कषि पेशामा आएको ब्यवसायीकता र पाएको सफलतासंगै युवाहरुको यसक्षेत्रप्रतिको आकर्षण बढ्दो छ । मासिक ७० हजार तलब छाडेर आङ्खनै गाउ“ पर्कि बाख्रा पालन सुरु गरेका सुर्दशन त्रिपाठी यसैको एक उदाहरण हुन् । रोजगारीका लागि १२ वर्ष अघि साउदी पुगेका उनी भन्छन् ‘भनेको काम नपाउने, भनेको सेवा सुविधा नपाउने, भनेको तलब नपाउने समस्या भन्दा त बाख्राको गोठ नै प्यारो । ’
साना किसान कृषि सहकारीको सदस्यता लिएर सहकारीकै सहयोगमा पांच महिना पहिले बाख्रा पालन सुरु गरेका त्रिपाठीको खोरमा ४ खसी सहित २१ बाख्रा छन् । युवा स्वरोजगार कोÈबाट दुई लाख रुपैया“ ऋण्ँ लिएका उनी सहकारीले पशु बिमा गरिदिएकोमा ढुक्क छन् । साउदीमा हुँदा दूधको मार्केटिङ गर्ने गरेका उनी अब ब्यवसायीक रुपमै गाई पालनमा लाग्ने योजना सुनाए । दैनिक १५ सय हाराहारी युवाको संख्या रोजगारीका लागी विदेशिने सरकारी तथ्यांक सम्झंदै उनी भन्छन् परिवारसंग कमाएको धन भन्दा ठूलो अरु कुन धन हुंदो रहेछ र हिमालय टिभि डटकमले खबर लेखेको छ । ?