धादिङमा स्थानीय निकाय र शैक्षिक संस्थाहरुमा सूचना प्रविधिको उपयोग सम्वन्धि दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरिने

510 पटक पढिएको

सम्पादक: Dhadingnews.com


धादिङ–धादिङमा स्थानीय निकाय र शैक्षिक संस्थाहरुमा सूचना प्रविधिको उपयोग सम्वन्धि दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरिने भएको छ । 
इन्टरनेट सोसाईटी नेपाल धादिङ र जिल्ला शिक्षा कार्यालय धादिङको आयोजनामा असार ८ र ९ गते धादिङबेसीमा हुन लागेको उक्त गोष्ठिको महाविर पुनले उदघाटन गर्नु हुने भएको छ । ग्रामीण भेगमा ताररहित इन्टरनेट सञ्जाल स्थापना गरेर समुदायमा परिवर्तन ल्याउन शशक्त परिवर्तन ल्याउन उल्लेखनिय योगदान पुर्याएवापत पसनलाई सन २००७ मा एशियाको नोवेल पुरस्कार मानिने २ लाख अमेरीकी डलर राशी भएको म्यागसेसे पुरस्कार पाउनु भएको थियो ।