एमालेमा नेत्तृत्व हस्तान्तरणको कुरा

965 पटक पढिएको

सम्पादक: Dhadingnews.com

bishnuबिष्णु सामरी
अध्यक्ष अनेरास्वबियु धादिङ-काठमाण्डौ संपर्क कमिटी
यतिबेला नेकपा एमाले आफ्नो आन्तरिक पार्टी जिबनको नबौ महाधिबेशनको संघारमा छ। महाधिबेशन लाई लिएर नेताहरु केपी शर्मा ओली र माधव कुमार नेपाल बिच नेत्तृत्व लिने  दाउमा कार्यकर्ता माझ दौडिरहेका छन  यसबिचमा यि दुई नेताबिच पार्टिको भाबी अध्यक्षको लागि  रस्साकस्सी नै चलेको छ। सिङगो पार्टी अहिले दुई चिरा जसरी आ-आफ्नो पक्षमा  केन्द्र देखी भुगोल सम्म लबिङ्मा ब्यस्त छन। कम्युनिस्ट पार्टिहरुमा आन्तरिक बिचारको बहस हुनु राम्रो हो तर अस्वस्थ  प्रतिस्पर्धा  हुनु राम्रो होइन बिचारको बहस गर्नु  ठिकै हो तर गुटगत भेला, सभा गर्नु राम्रो होइन । बिगतमा लामो समय पार्टिको नेत्तृत्व गरिसकेकाले माधव नेपाल लाई फेरी पनि नेत्तृत्वको दाबी नगरन ओली समुह ले आग्रह गरेको छ। तर माधव नेपाल त्यसका बाब्जुद केपी शर्मा ओली भन्दा पहिले देखी नै देशदौडाहामा निस्की सक्नु भएको थियो। एउटै पार्टिभित्र यस्तो अस्वस्थ  प्रतिस्पर्धा हुँदा कतिपय नेता तथा कार्यकर्ता रुस्ट पनि भएका छन भने  कतिपय नेता तथा कार्यकर्ता चाँही अन्त्यमा एउटा हाङगा समाउनु पर्ने भयो भन्दै खुलेर लाग्न पनि थालेका छन।
                               अहिले पार्टिलाई पुरानै ढाचाबाट अघी बढाउनेकी नयाँ ढंगले अगाडि बढाउने भन्ने बिषयमा यि दुई नेताबिचमा संघर्ष  जारी रहेको छ ओली समुहले नेपाल समुहलै बिचरामा अडिग रहन नसक्ने पार्टिलाई ढुल्मुले तरिकाले अघी बढाएको यथास्थितिमा पार्टिलाई गुजारेको जस्ता आरोप हरु लगाइरहेका छन त्यस्तै नेपाल समुहले मान्छेको मानबियतालाई ख्यालै नगरि बिरामी नेता भनेर बिरामी मान्छेले पार्टी चलाऊन नस्क्ने दाबी गर्दै अाइरहेका छन। स्मरण रहोस् यदी बिचारको बहस गर्ने हो पार्टिलाई गतिशिल उर्जाशिल बनाउने हो भने मान्छे बिरामी भएर केही फरक पर्दैन उसको बिचार  कहिलै बिरामी हुँदैन  मान्छे बिरामी हुँदा  उपचार गर्दा निको हुन्छ तर बिचार नै खराब बिरामी छ भने बिचार लाई उपचार् गर्न सकिदैन माधव नेपाल ले पटक पटक गरी १५ बर्ष एमालेको नेत्रित्व गरिसक्नु भएको छ। उहाको पार्टी हाक्ने कार्यकौशल तमाम कार्यकर्तालाई थाहै छ । त्यसैले एकपटक नयाँ ब्यक्तिलाई नेत्रित्वमा हेर्ने तमाम कार्यकर्ताको धोको छ। नेत्तृत्व हस्तान्तरणको कुरा गरिरहदा पटक पटक महासचिब भईसकेका ब्यक्तिलाई फेरी नेत्तृत्व मा पठाउदा हस्तान्तरण होइन नेत्तृत्व दोर्याउने प्रचलन बस्न सक्दछ
 लौन अब त नयाँ मान्छेलाई नेत्तृत्व हस्तान्तरण गर्न पर्‍यो भन्दा फलानो गुटको मान्छे पनि भन्छन के पार्टिलाई उर्जाशिल,गतिशिल ढंगले अघी बढाउन नयाँ नेत्तृत्व आबश्यक छैन बिगतमा माधव नेपाल ले मनमोहन अधिकारिको देहबशान  पछी एमाले को महासचिब भएर (नेत्तृत्व लिएर) पार्टी हाकेकै हुन उनको कार्यकुशल तमाम एमाले कार्यकर्ताहरुले हेरेकै हुन हाम्रा लागि सबै नेता समान हुन एक ले अर्कोलाई गाली गलौज गर्न भन्दा पनि सक्षम स्पस्ट ब्यक्तिलाई नेत्तृत्वमा ल्याउनु तमाम कार्यकर्ताको दायित्व हो त्यस्तो ब्यक्तिले मात्र राष्ट्र ,जनता र  कार्यकताको मन जित्न सक्छ राष्ट्रहितको पक्षमा काम गर्न सक्छ ।