एमाले महाधिबेशन प्रतिनिधिमा धादिङमा ओली पक्ष अगाडी

694 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–धादिङमा एमालेका नेताहरुले सहमतीको प्रयासवाट महाधिबेशन प्रतिनिधि चयन गरेका छन । सहमतीवाट प्रतिनिधि चयन भएपनि धादिङमा केपि ओली पक्षका प्रतिनिधिहरुको संख्या बढेको छ ।
UML-9th-Congress-Logo-600x351जिल्ला सदरमुकाममा भएको क्षेत्र नम्बर २ को प्रतिनिधि चयन भेलाले सहमतीवाट केपि र माधव पक्षका वरावर प्रतिनिधि चयन गरेको छ । सहमतीवाट चयन भएका प्रतिनिधिहरुमा खुल्ला तर्फ केपि पक्षवाट खेमप्रसाद लोहनी,रमेश आचार्य,जगन्नाथ नेपाल,लक्ष्मण शर्मा महिला तर्फ गंगादेवी श्रेष्ठ र जानुका सिम्खडा रहेका छन । खुल्ला दलित र महिला गरी १२ जना प्रतिनिधि चयन भएको क्षेत्र नम्बर २ मा माधव पक्षवाट गुरुप्रसाद वुर्लाकोटी,कृष्णप्रसाद अर्याल,अर्जुन श्रेष्ठ गोर्खाली,धर्मजित लामा रहेका छन । नेपाल पक्षमा परेको २ जना दलित प्रतिनिधि छान्नका लागि भने दलित समुदायका बिच छलफल जारी रहेको वताईएको छ ।
धादिङमा ओली समुहको नेत्तृत्व पार्टी अध्यक्ष खेम प्रसाद लोहनी,उपाध्यक्ष भुमि त्रिपाठी लगायतले र नेपाल पक्षको नेत्तृत्व पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले गरिरहेका छन । सभासद एवम पार्टीका पुर्व जिल्ला अध्यक्ष गुरुप्रसाद वुर्लाकोटी,क्षेत्र नम्बर १ का सभासद धनवहादुर घलेपनि माधव पक्षमा रहेका छन । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा दुवै समुहका अगुवाहरुको बिचमा पटक पटक भएको छलफल पछि सहमतीवाट प्रतिनिधि चयन भएको हो ।
खुल्ला,महिला र दलित समेत गरी १२ जना प्रतिनिधिमा चयन हुनका लागि क्षेत्र नम्बर २ मा शुक्रवार २८ जनाले नाम दर्ता गराएका थिए । नाम दर्ता गराएका मध्ये केहिले भने सहमतीको नाममा भागवण्डा गरेर कार्यकर्तालाई भुल्याउन खोजेको र पार्टीमा गुटवन्दि गराएको भन्दै नेत्तृत्व प्रति आक्रोश व्यक्त गरेका छन ।
क्षेत्र नम्बर दुईमा सहमतीवाट प्रतिनिधि छानिए लगत्तै क्षेत्र नम्बर ३ मा पनि सात जना मध्ये चार जना केपि पक्षवाट र तीन जना माधव पक्षवाट छानिएका छन । क्षेत्र नम्बर ३ मा छानिएका प्रतिनिधिहरुमा केपि पक्षवाट ध्रुवराज शर्मा रुपाखेती,कृष्णहरी श्रेष्ठ,गिरीराज कंडेल र अम्विका रुपाखेती यसैगरी माधव पक्षवाट मिनराज कंडेल,टापवहादुर श्रेष्ठ र वालकृष्ण आचार्य रहेका छन । क्षेत्र नम्बर ३ को भेला पृथ्वीराजमार्गको बैरेनीमा सम्पन्न भएको थियो । मजदुरवाट छानिने प्रतिनिधिमा ओली पक्षका विमल थापा शुक्रवार निर्विरोध भएका थिए ।
क्षेत्र नम्बर २ र ३ मा गरी केपि पक्षमा ११ जना र माधव पक्षमा ९ जना प्रतिनिधि छानिएका छन । क्षेत्र नम्बर १ मा पनि सहमतिको प्रयास भईरहेको र सात जना मध्ये चार तीनमा छलफल जारी रहेको वताईएको छ । मजदुरका थापा समेत गरी क्षेत्र नम्बर २ मा ओली पक्ष अगाडि देखिएको छ । धादिङवाट यस पटक महाधिबेशनमा २६ जनाले प्रतिनिधित्व गर्ने भएका छन ।
जिल्लावाट निर्वाचित तीन र समानुपातिक समेत गरी चार जना सभासद र दुई जना पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे र गंगालाल तुलाधर नेपाल पक्षमा लागेपछि जिल्लामा ओली पक्ष कमजोर भएको अनुमान गरिएपनि कार्यकर्ता तहमा ओली पक्ष वलियो रहेकाले ओली पक्षका प्रतिनिधिहरुको संख्या बढि हुन पुगेको युवा नेता नरेश खतिवडाले वताएका छन ।