एमाले महाधिबेशन प्रतिनिधिमा धादिङमा ओलीलाई १४ नेपाललाई १२

1097 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- नेकपा एमालेको नवौं महाधिबेशनका लागि धादिङ जिल्लावाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा शनिवार सम्पन्न भएको प्रतिनिधि छनौट भेलावाट ओली पक्षका १४ र नेपाल पक्षका १२ जना प्रतिनिधिहरु सर्वसम्मतरुपमा छानिएका हुन ।
जिल्लाको क्षेत्र नम्बर १ वाट ओली पक्षका उमेश थापा,भरत खत्री,कृष्ण लामा र नेपाल पक्षका भगवान थापा,डाक्टर रामकुमार अधिकारी र इन्दिरा ढुङ्गाना चयन भएका छन । क्षेत्र नम्बर २ वाट ओली पक्षका खेमप्रसाद लोहनी,रमेश आचार्य,केदारनाथ खतिवडा,लक्ष्मण शर्मा,जानुका सिम्खडा,गंगादेवी श्रेष्ठ चयन भएका छन । नेपाल पक्षका क्षेत्र नम्वर २ वाट गुरुप्रसाद वुर्लाकोटी,कृष्णप्रसाद अर्याल,धर्मजित लामा,अर्जुन श्रेष्ठ ‘गोर्खाली’का साथै दलित समुदायका कुलमान विक र ध्रुवराज विक चयन भएका छन ।
क्षेत्र नम्बर ३ वाट ओली पक्षका ध्रुवराज शर्मा,कृष्णहरी श्रेष्ठ,गिरीराज कंडेल,अम्विका रुपाखेती र नेपाल पक्षवाट मिनराज कंडेल,टापवहादुर श्रेष्ठ र वालकृष्ण आचार्य महाधिबेन प्रतिनिधिमा चयन भएका छन भने मजदुरवाट ओली पक्षका विमल थापा पनि निर्विरोध चयन भएका छन ।
धादिङ जिल्लामा नेपाल पक्षको अगुवाई गर्नेहरुमा पोलिटव्युरो सदस्यद्धय राजेन्द्र पाण्डे र गंगालाल तुलाधरका साथै धादिङका सभासदहरु पाण्डे, तुलाधरसंगै गुरुप्रसाद वुर्लाकोटी,धनवहादुर घले समेत रहेका छन । ओली पक्षमा भने पार्टीका जिल्ला अध्यक्ष खेम लोहनी, उपाध्यक्ष भुमि त्रिपाठी,एमाले वागमती अंचल सदस्य जगन्नाथ नेपाल रहेका छन ।