स्याँखुटार (धादिङ)
अनुहारमा अलिकति खुसी, अलिअलि हाँसो, अनि पढेपछि धेरै आम्दानी गर्न सकिन्छ भन्ने अत्म विश्वास लिएर बसेकी सम्झना विक अहिले कक्षा ९ मा पढ्छिन् । मध्य धादिङको कुम्पुर गाविस वडा न.ं २ स्याँ खुटार निवासी सम्झना अहिले पुरो कुरा सम्झिएपछि भने गम्भीर हुन्छिन् ।
विद्यालयको पढाइ सुरु भएको थियो । उनि विद्यालय गइन् । एक दुई दिनपछि सबै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य गरियो । उनले गत वर्षहरु लगाएको कपडा लगाएर विद्यालय आइन् तर उनिसंग जुत्ता थिएन । जुत्ता किन्ने पैसा नभएकोले उनले केहीदिन पछि मजदुरी गरेर कमाएपछि किन्ने सोच बनाइन् । विद्यालय जान मन लागेकोले उनि विद्यालय जाँद विहान बेलुका मजदुरी गर्थिन् । जब विद्यालय पुगिन उनलाई शिक्षकहरुले जुत्ता खोइ भन्दै निकालिदिए । उनि अमिलो मन लिएर घर फर्किन बाध्य भइन् । उनिसंग पैसा नभएकोले जुत्ता किन्न नसकेको भन्ने कुरा शिक्षकहरुले नबुझेकै कारण उनि अपमानित भएको दिन उनि कहिल्यै भुल्न सक्दिनन् ।
केहीदिनपछि उनले मजदुरी गरेर जुत्ता किनेपछि मात्र विद्यालय जानपाएकोले कसैले जुत्ताको कुरा गर्ने वित्तिकै सुनिको भक्कानो छुटेर आउँछ । उनलाई जुत्ताको लागि मात्र होइन किताब कापी, झो, लुगा किन्न पनि धौ धौ छ । अझ विद्यालयले नयाँ एक पाठ्यक्रम थप गरेर राखेको छ । त्यो किन्न समेत पैसा नभएर समस्या पर्ने गरेको सम्झनाको भनाइ छ ।
उनकी बहिनी सिर्जनाले पनि विद्यालय पोशाक नभएपछि गत वर्ष विद्यालय छाडेकी थिइन् । घरमा सानो भाइ छ । उनिहरुका बाबुको मृतयु भइसकेको छ । आमाले पसरवार पाल्नकै लागि संघर्ष गरिरहनु परेको छ । विलय पढाउनका लागि ज्याला मजदुरीले पुर्याउन नसक्दा कहिलेकाही समस्या पर्ने सिर्जनाको भनाइ छ । सरकारले निशुलक शिक्षा भनेपनि आफूहरुका लागि यो लागु नभएको उनिहरको गुुनाको । विभिन्न बहानामाविद्यालयहरुले शुल्क उठाइरहेका छन् । यो मार खेपेको वि.क. परिवारका लागि एजयालो समनाको आशा पलाएको र पढ्न पाउने गरि सहयोग गरिरहन स्थानीय सहयात्री समाज नेपाल संग आग्रह गरेकी छिन् । गत वर्ष र यो वर्ष शैक्षिक सामाग्री पाएका कारण उनले नियमित पढाइ गरिरहेका छन् ।
सहयात्री समाज नेपालले स्याँखुटारका १० जना शैक्षिक सामाग्रीको अभावमा विद्यालय जान नपाएकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । यसैगरि ४ जना स्थानीय महिलाहरुले गतवर्ष वितरण गरिएको बाख्राको पाठा छिमेकीलाई एक समारोहका बिच हस्तान्तरण गरेका छन् । सामाग्री हस्तान्तरण समारोहमा सहयात्री समाज नेपालका राधिका सापकोटा र टेवा नेपालको तर्फबाट दिपक देवानले समूदायले गरेको नमूना कामले गर्दा सबैलाई पाठ सिकाएको बताउनुभयो ।
सहयात्री समाले एक वर्ष अघिदेखि सो गाउँमा समूह गठन गरि बाख्रा साटासाट कार्यक्रम र झोला कपी वितरण कार्य गर्दै आएको थियो ।