आमा समूहका लागि वाख्रा पालन तालिम

731 पटक पढिएको

सम्पादक: Dhadingnews.com


10464117_868415639853798_8423149514923219125_nगजुरी गाउँ विकास समिति वडा नम्वर १ गजुरी गा.वि.स. को कार्यालयमा आमा समूहका लागि २ दिने वाख्रा पालन सम्वन्धि आधारभुत तालिम सम्पन्न भएको छ । वाख्रा पालन व्यवसाय मार्फत आमा समूहका अति विपन्न सदस्यहरुको आय आर्जन वृद्दि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपालको अयोजनामा भएको तालिममा जोगिमारा, धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा, कुम्पुर किरान्चोक गाउँ विकास समितिका आमा समूहका २६ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा वाख्रा पालनको आवश्यकता तथा महत्व, गोठ तथा खोर वयवस्थापन, आहारा व्यवस्थापन, वाख्राको प्रजनन् व्यवस्थापन, वाख्रामा लाग्ने रोगको लक्षण तथा उपचारका विषयमा सहभागिहरुलाइ जानकारी गराइएको थियो । शान्ति नेपालका जे.टि.ए. उद्दब चेपाङ, सामुदायिक स्वास्थ्य सहजकर्ता राजु श्रेष्ठ र सिता शाक्यले विषय वस्तुका बारेमा आवश्यक जानकारी गराउनुभएको थियो ।