बिद्यालयमा पुस्तकालय स्थापना पछि बालबालिकामा खुशीयाली ।

692 पटक पढिएको

सम्पादक: Dhadingnews.com

,मैदी –IMG_4005 (1)बिद्यालयहरुमा पुस्तकालयको कारण बालबालिकाहरुमा खुशयिाली बमनाएका छन् । धादिङ जिल्लाको मध्य क्षेत्रमा पर्ने मैदी गाउँ विकास समितिको संस्कृत तथा साधारण माध्यमिक बिद्यालय मैदी ४ सातदोबाटोमा बुधबार पुस्तकालय स्थापना भए पछि बालबालिकाहरुमा खुशीयाली आएको हो ।
रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र प्रयास नेपाल धादिङले जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिको कार्यालयसँगको समन्वय र सहकार्यमा बिद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरेपछि बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले खुशीयाली साटासाट गर्दै आजबाट नै पुस्तक घर लगेर समेत पढने कक्षा १० अध्ययनरत एक छात्राले बताईन् । गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाउँ विकास समितिका सचिव रत्नप्रसाद कर्माचार्यको अध्यक्षता तथा शमीभज्याङ उमाविका स्रोत केन्द्रका व्यक्ति शुर्दशन भट्टको प्रमुख आतिथ्यतामा बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालयमा पुस्तकालय उद्घाटन गर्नु भएको हो । सोहि कार्यक्रममा आज नै मैदी गाउँ विकास समितिलाई साक्षर गाविस पनि घोषणा गरिएको छ ।
कार्यक्रमका स्रोत व्यक्ति भट्ट र कार्यक्रमका बिशेष अतिथि गैर सरकारी संस्था महासंघका अध्यक्ष एवं प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यालयमा पुस्तकालयको व्यवस्थापन,महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्य पुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनु पर्ने र बालबालिकाहरुको शिक्षण सिकाईलाई केन्द्रित गरी बिद्यालयका क्रियाकलापहरु संचालन गर्न शिक्षकहरुलाई सुझाव दिनु भएको थियो । प्रधानाध्यपक पौष प्रसाद तिवारीले बिद्यालयमा पुस्तकालय स्थापना पछि बिद्यार्थीहरुमा आएको सकारात्मक परिर्वतनले शैक्षिक उपलब्धी बृद्धि गर्न सहयोग पुगेको बताउनु भएको छ ।
पुस्तकालय उद्घाटन तथा साक्षर गाविस घोषणा कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु,गाउँ विकास समितिमा रहेका सरकारी कार्यालयका प्रमुख एवै प्रतिनिधीहरु,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,छिमेकी बिद्यालयका प्रधानाध्यपक लगायत नवसाक्षर सहित अन्य अभिभावकहरुको उल्लेख्य उपस्तिति रहेको थियो । जिल्ला शिक्षा कार्यालय धादिङको सहयोगमा मैदी गाविसमा जगतज्योति सामुदायिक विकास समाज(जेड्स मैदी)ले ६७ वटा साक्षर कक्षा संचालन गरे पछि मैदीलाई साक्षर गाविस घोषणा गर्न सकिएको संस्थाका सचिव सुजन श्रेष्ठले बताउनु भयो ।
पुस्तकालय कार्यक्रम अन्र्तगत बिद्यालयमा ११ सय भन्दा बढी पुस्तकहरु सहित शैक्षिक सामाग्री र पोष्टर र काठबाट निर्मित सामाग्री र शिक्षक तालीम र गतिविधी संचालनको लागि प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । हालसम्म संस्थाको सहयोगमा यस बर्ष थप हुने समेत गरी जिल्लामा २९३ सामुदायिक बिद्यालयहरुमा पुस्तकालय स्थापना हुने संस्थाका सचिव उषा बि.कले बताउनु भयो ।