त्रिविस नेपालको रणनितीक योजना तर्जुमा गोष्ठि

625 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गजुरी–त्रिशुली विकास समाज (त्रिविस)नेपाल धादिङको रणनितीक योजना तर्जुमा कार्यशाला गोष्ठि गजुरीमा सम्पन्न भएको छ । असार १० गते देखी शुरु भएको कार्यक्रम ३ दिन सम्म चलेको थियो । धादिङको ३५ वटा समूहका ७ सय ५६ जना यस संजाल संस्थामा सदस्य रहेका छन् । हरेक गा.बि.स मा समूहहरुको प्रतिनीधीत्व गर्दै ४ वटा मूल समिती रहेको र त्यसै मूल समितीका प्रतिनीधीहरु छानिएर यस संजाल संस्थाको गठन भएको हो । ४ वटा गा.बि.स का मुल समितीका प्रतिनीधी र कार्यसमिती गरी १६ जनाको यस कार्याशाला मा सहभागीता रहेको थियो । सहयोगी हातहरुको समुह(सहास) नेपालको सहयोगमा भएको कार्यशालामा सहास नेपालका कृष्णराज ढकाल ,हरिराम लोहनी र हरि प्रसाद अधिकारीले सहजिकरण गर्नु भएको थियो । कार्यशाला गोष्ठिले आगामी ५ बर्षको लागि “दिगो विकासका लागि समावेशी एकता र समृद्ध समाज ” भन्ने परिकल्पना सहित रणनितीक योजना तयार गरेको छ । तयार भएको रणनितीक योजनालाई अन्तिम रुप दिएर साधारण सभामा लगिने र सुझाव सहित पारीत भए पछि यो लागु हुने कुरा संजाल संस्थाका अध्यक्ष राम बहादुर मिजारले जानकारी गराउनु भएको छ ।
२०७० साल मसिंर महिनामा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई यस संजाल संस्थाले काम गर्दै आईरहेको वताईएको छ । सन् २०१४ को लागि सहास नेपाल संग आर्थिक साझेदारी भई कार्य संचालन भईरहेको र स्थानिय श्रोत साधनको सदुपयोग साथै दिगो विकासका लागि आगामी दिनमा जिल्लामा सरोकारवालाहरु र अन्य दातृ निकाय संगको साझेदारीमा सामुदायिक बिकासका गतिबिधी संचालन गर्ने सोचका साथ रणनितीक योजना तर्जुमा गरिएको त्रिश्ुली विकास समाजका अध्यक्ष रामचन्द्र मिजारले धादिङ न्युजलाई जानकारी दिनुभयो ।