भत्ता लिन आएका बृद्धको ज्यान गयो

732 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ– धादिङको गजुरीमा ट्रकको ठक्करवाट घाईते भएका एक बृद्धको उपचारको क्रममा ज्यान गएको छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि गाविस कार्यालय तर्फ आउंदै गर्दा गजुरी गाविस वडा नम्बर ९ का ८२ बर्षिय बिरवहादुर तामाङ र ८५ बर्षिय हिरालाल तामाङलाई विरगंजवाट काठमाण्डौका लागि छुटेको मालवाहक कन्टेनर ना ३ ख ७५११ नम्बरको कन्टेनरले गजुरी गाविस वडा नम्बर १ स्थित गजुरीवजारमा शुक्रवार विहान ८.३० वजे ठक्कर दिएको थियो । कन्टेनरको ठक्करवाट घाईते भएका मध्ये विरवहादुर तामाङको उपचारका लागि काठमाण्डौं लैजानेक्रममा चि वाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परेर घाईते भएका हिरालाल तामाङको भने गजुरी अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने गाडी र चालक ईलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।