प्रतिपक्षमा रहेकालाई पनि समेटेर नयाँ संविधान

630 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नलाङ-सिंचाई मन्त्री एन.पि साउदले देशमा तोकिएकै समयमा संविधान निर्माण हुनेमा शंका नगर्न आगं्रह गर्नुभएको छ । मध्य धादिङको नलाङ गाविसमा तिनदिनसम्म संचालन हुने कृषि पर्यटन मेलाको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री साउदले सबै दलहरु संविधान निर्माणप्रति प्रतिवद्ध रहेका कारण पनि तोकिएको समयमा पूर्णत लोकतान्त्रिक संविधान निर्माण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको हो ।
सरकारलाई समर्थन गर्ने केही दलहरुले दुई तिहाई बहुमत छ भन्दैमा बहुमतकै आधारमा मात्रै संविधान नभएर प्रतिपक्षमा रहेका दलहरुलाई समेत समेटेर संविधान बनाउनुपर्ने बताउनुभयो । गएको संविधानसभाको प्रकृयामा नसमेटिएका दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान ल्याउने उहाँले ठोकुवा गर्नुभयो ।
बाइट……….. मन्त्री साउद
मेलाको उद्घाटन गर्दै सिंचाई मन्त्रि साउदले अबको सिंचाई कृषिको लागि मात्र नभएर व्यवसायिक कृषिको लागि सिंचाईको व्यवस्था हुनुपर्ने बताउनुभयो । कृषि पर्यटनको अपार सम्भावना रहेको नलाङमा गरिएको अध्यायनले देखाएपछि अध्ययनले स्थानीयको प्रयासमा मेलाको आयोजना गरिएको हो ।
पछिल्लो केही वर्षयता कफिडाडा, सिद्ध लेक, सुन्तला उत्पादन क्षेत्र, माछा पालन क्षेत्र, बाख्रा तथा गाइपालन क्षेत्र र तरकारी तथा फलफूल उत्पादन क्षेत्रको रुपमा नलाङ विकास हुँदै गएको छ भने यो गाविसबाट हिमाली दृश्यावलोकन गर्न सकिन्छ ।