आदिवासी जनजातीलाई जलबायु परिर्वतनका वारेमा जानकारी

643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷जलबायु परिवर्तन रेड प्लस र आदिवासी जनजाति सरोकार सम्बन्धीे तीन दिने आधारभुत तालिम शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय रेड रणनीति निमार्णको प्रक्रियामा सक्रिय सहभागि गराउन जलवायु परिवर्तन र रेडका सम्बन्धमा आदिवासी जनजातिका हक अधिकार सुनिश्चितता, राष्ट्रिय सचेतना र क्षमता अभिबृद्धि गराउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वयन परिषद धादिङको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जलबायु परिर्वतन साझेदारी कार्यक्रम गल्फुटार काठमाण्डौंको सहयोगमा उक्त कार्यक्रमको आयोजना
गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष हरि शंकर गिद्धेल ममगरको अध्यक्षता रहेको कार्यक्रममा, नेपाल आदिवासी जनजाति
महासंघ संघीय सचिवालयका केन्द्रिय उपाध्यक्ष डण्डु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको शेर्पाले आदिवासी
जनजातिहरुले उठाएको मुद्धाहरु कार्यान्वयन नभए सम्म आदिवासी जनजातिहरुको लडाई नरोकिने बताउनु भयो । संघीयताको मुद्धाहरुलाई आदिवासी जनजातिहरुले
यसलाई पहिचान सहितको मुद्धाको रुपमा केन्द्रिय स्तरमा ब्यापक मात्रामा छलफल भइरहेको समेत बताउनु भयो । यसै गरी नेपाल आदिवासी जनजाति महासंघ
जलवायु परिवर्तन साझेदारी कार्यक्रमका अधिकृत सोम धिमालले आगामि बन्ने संविधान सभामा आदिवासी जनजातिहरुको मुद्धालाई समावेश गर्न संविधान सभाका
सदस्यहरुलाई चुनाौति दिनु पर्ने बताउनु भयो ।

प्रशिक्षण तालिममा तालिमका प्रशिक्षक नेपाल आदिवासी जनजाति महासंघ जलबायु परिवर्तन साझेदारी कार्यक्रम गल्फुटार काठमाण्डौका कार्यक्रम अधिकृत सोम
धिमाल, किरण बराम र नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयका केन्द्रिय उपाध्यक्ष डण्डु शेर्पाले आदिवासी जनजाति भनेको के हो ? आदिवासी
जनजातिले उठान गरेका मुद्धाहरु, यससँग सरोकार वालहरुसँगको भूमिका, कार्यक्रम गर्नु उद्धेश्यहरु, राष्ट्रिय रेडका रणनीतिहरु, अवधारणाहरु, जलबायु परिवर्तनका
कारणहरु, जलवायु परिवर्तनका प्रक्रियाहरु, असरहरु लगायत विविध विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल बराम संघका केन्द्रिय सदस्य चन्द्र बराम, नेपाल मगर संघका केन्द्रिय सदस्य हरि पाटा मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन
समिति धादिङका सल्लाहाकार भिम बहादुर दर्लामी, शान्ति गुरुङ, नेपाली काङग्रेस धादिङका जिल्ला सचिव भक्त लामा लगायत विभिन्न संघ÷संस्थाका आवद्ध भएका ४५ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।