ज्यामरुङको चामभञ्ज्याङमा खानेपानी

603 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Watter Dharaधादिङ, १५ असार । खानेपानीको समस्या झेल्दै आएका धादिङको ज्यामरुङ गाविसस्थित चामभञ्ज्याङका बासिन्दाले भारतीय राजदूतावासको सहयोगमा छ महिनाभित्रै खानेपानीको सुविधा पाउने भएका छन् ।

शनिबार ज्यामरुङ–८ मा आयोजना गरिएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव मदनसिंह भण्डारीले आगामी छ महिनाभित्रै एक करोड रुपैयाँको लगानीमा चामभञ्ज्याङमा खानेपानी आयोजना सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विकासमा राजनीति नगरी अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै ज्यामरुङका जनताका लागि खानेपानी आयोजनाका अतिरिक्त अन्य आयोजनाहरू सञ्चालन गर्नेतर्फ आफू प्रतिबद्ध रहने बताए । धमला ज्यामरुङ गाविसकै बासिन्दा हुन् ।