धादिङमा नेशनल माईक्रोफाइनान्स

523 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_3240 copyधादिङ,१८ असार – नेशनल माईक्रोफाइनान्स वित्तीय संस्थाले बुधवार देखि आफ्नो सेवाको शुरुवात गरेको छ । समुहमा आवद्ध भएका सदस्यहरु मध्ये चार जना महिलालाई आयआर्जनका लागि विना धितो ऋण लगानी गर्दै संस्थाको कारोवार शुरुवात भएको घोषणा गरिएको छ ।
नेपाल राष्ट्र बैक वाट लघु वित्तको कारोवार गर्न स्वीकृत पाएको नेशनल माईक्रोफाइनान्सको धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा प्रधान कार्यालय रहेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले पहिलो चरणमा मध्यमाञ्चल विकास क्षेत्रका १९ वटै जिल्लामा एक बर्ष भित्रमा २० वटा शाखा कार्यालय संचालनमा ल्याउने र पांच बर्ष भित्रमा देशका ७५ वटै जिल्लामा एक एक वटा शाखा विस्तार गर्ने वताईएको छ ।
प्रधानकार्यालय रहेको धादिङबेसीमा शाखा कार्यालयको समेत संचालनमा ल्याई आफ्नो नियमित सेवाको शुरुवात गरेको बिषयमा जानकारी दिन सस्थाले बुधवार धादिङबेसीमा अनौपचारिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवका अनुसार नेपाल इन्भेष्टमेष्ट बैक,कुमारी बैक लगायत सात वटा बैक तथा वित्तिय संस्था र लघुबित्तका क्षेत्रमा कार्यरत व्यक्ति तथा अन्य ख्याती प्राप्त व्यक्तिहरु संस्थाको प्रवद्र्धक रहेका छन ।
अधिकृत पुंजि पचास करोड,जारी पूंजि दश करोड तथा चुक्ता पुंजि सात करोड रहेकोमा तीस प्रतिशत सर्वसाधारणको लागि छुट्टयाईएको प्रमुख कार्यकारी अधिकृत यादवले वताउनु भयो । सेवाको शुरुवात भएको अवसर पारेर आयोजित कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत यादव र धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मन्तव्य राख्नु भएको थियो । धादिङ जिल्लामै प्रधान कार्यालय रहने गरी संचालनमा आएको बैक तथा बित्तिय संस्थामा नेशनल माईक्रोफाइनान्स दोश्रो हो । यस अघि सिभिक डेभलपमेण्ट बैक पनि धादिङ जिल्लामै केन्द्रिय कार्यालय रहने गरी तीन वर्ष देखि संचालनमा रहेको छ ।