धादिङका आठ सहकारीको दर्ता खारेज

1523 पटक पढिएको

सम्पादक: Dhadingnews.com

imagesधादिङ, १८ असार । डिभिजन सहकारी कार्यालय धादिङले जिल्लाका ८ सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी संस्था दर्ता गरि सहकारी ऐन, नियम, विनियम तथा सिद्धान्त बमोजिम कार्य संचालन गर्नु पर्नेमा विगत ३ वर्ष भन्दा अघि देखि सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम विवरणहरु डिभिजनमा पेश नगरेको, वार्षिक साधारणसभा नगरेको, संचालक समितिको बैठक समेत नवसी संस्था निष्कृय राखेको कारण ऐनको दफा ४१ बमोजिम डिभिजन सहकारी कार्यालय धादिङले ८ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
सहकारी संस्था दर्ता गरि सहकारी ऐन, नियम, विनियम तथा सिद्धान्त बमोजिम कार्य संचालन गर्नु पर्नेमा विगत ३ वर्ष भन्दा अघि देखि सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम विवरणहरु डिभिजनमा पेश नगरेको, वार्षिक साधारणसभा नगरेको, संचालक समितिको बैठक समेत नवसी संस्था निष्कृय राखेको कारण ऐनको दफा ४१ बमोजिम डिभिजन सहकारी कार्यालय धादिङले ८ सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
श्री मिन्दुका तरकारी फलफुल उत्पादक सहकारी संस्था नलाङ ६, श्री महादेव बहुउद्देश्यीय सहकारी संस्था पिडा ९ , श्री महिमा महिला कृषि सहकारी संस्था सुनौलावजार ७ र श्री सहारा महिला कफि उत्पादक सहकारी सस्ंथा नीकलण्ठ ५ रहेकाछन् । यसैगरी श्री श्रृजना महिला बचत तथा ऋण सहकारी संस्था ज्यामरुङ २, श्री आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था खाल्टे ४, श्री वैरेनी कृषि सहकारी संस्था ९ र श्री सुनौलो भविश्य कृषि बहुउद्धेश्ययि सहकारी संस्था वसेरी ७ रहेका छन् ।
खारेजीमा परेका संस्था संग कसैको लिनुदिनु पर्ने भए ३ महिना भित्र स–प्रमाण कार्यालयमा आइृ दावी गर्न र कोहि कसैले कुनै किसिमको कारोवार नगर्नु नगराउन सार्वजानिक सुचना नै जारी गररेको छ । हरेक वर्ष सहकारी संस्थाले संस्था खारेजी गर्दै आएको छ । दर्ता भएका सहकारीहरुको प्रभावकारी अनुगमन संयन्त्र नहुनु, प्रतिष्ठाका लागि पारिवारिक हिसावले खोलिएका र थोरै शेयर पूंजी भएका सहकारी संस्थाहरु खारेजीमा परेको सहकारी कर्मीहरुको दावी कारोवार डेलि डट कमले खबर लेखेको छ ।