धादिङमा सहकारी आम्दानीको स्रोत बन्दै

759 पटक पढिएको

सम्पादक: Dhadingnews.com

sahakariधादिङ– सहकारीका कारण धादिङमा धेरै युवाले रोजगारी पाएका छन यसमा एक पात्र हुन, सुदर्शन त्रिपाठी । त्रिपाठी विदेशमा मासीक ७० हाजारको कमाई छाडेर धादिङमा बसेर नै त्यस भन्दा बढी आय आर्जन गर्ने सोच बनाएका छन ।
यसका लागि उनले धादिङमा रहेको साना किसान कृषि सहकारीको सहयोगमा बाख्रा पालन सुरु गरेका छन । यसले किसानको आय आर्जन बृद्धि गर्न  सघाउ पुरयाएको छ । कृषकको आय आर्जन सुधार्न कृषकहरुलाई विभिन्न आय मुलक कृषि काममा लगाउने र काम गर्नका लागि ऋण दिने गरेको सहकारीका प्रबन्धक गोपाल सिलवालले बताए । सहकारीले ऋण दिएर स्थानीय कृषले उत्पादन गरेको उत्पादनको बजार व्यवस्थापन पनि सहरकारीले नै गर्ने गरेको सिलवालको भनाई छ ।
सहकारीमा पैसा जम्मा गर्ने बानीको विकास गर्दै आम्दानीको स्रोतको वृदि गर्ने लक्ष्यका साथ सहकारीले उत्पादनमा ऋण दिएर उत्पादन भएको तरकारीको काठमाडौं, पोखरा, नारायणघाट लगाएतका मुख्य सहरमा विक्रि वितरण गर्दै आएको छ । काम गर्न चाहने कृषकसँग पैसाको समस्या हुने भएकाले सहकारीले कृषलाई कृषकको क्षमता हेरेर ऋण दिने गरेको उनको भनाई छ । उक्त सहरकारीको सदस्य बनेर उत्पादनमुलक खेती गर्दै आएका कृषकले मल, आवश्यक औषधि लगाएतका समस्याबाट मुक्ती पाउदै आएका छन ।  उनीहरुले सबै सामान सहकारीबाट सहुलिय मुल्यमा पाउने गरेका छन । यस्तै मल, विषादीमात्र नभएर सहकारीका सदस्याले प्रंयोग गर्दै आएको चामल अन्य पसलको तुलनामा सहकारी पसलमा प्रति ३० केजी दुई सय ५० रुपैंया सस्तोमा दिएका छौं, सिलवालले भने ।
सहकारीमा आवद्ध भएका सदस्यहरुले उत्पादन गरेको गोलभेडा बिक्री नभएर खेर फाल्ने अवस्थामा रहेको गोलभेडा जम्मा गरेर सस उद्योग  सुरु गरिएको छ । दुई रुपैंया केजी नबिक्ने गोलभेडाको सस ३० रुपैयाँ केजी बिक्री गर्छौ सिलवालले भने ।  एक हजार दुई सय ३४ सदस्या रहेको उक्त सहकारीले नौ करोड ८४ लाख कृषकहरुलाई ऋण दिएको छ । धादिङको सलाङ नलाङ र बेनीघाट कार्यक्षेत्र रहेको सहकारीले ७२ रोपनीमा किम्बु खेती गर्ने र किम्बुको कोयाबाट धागो उत्पादन गर्ने उनको भनाई छ । यसले गर्दा रोजगारीका लागि विदेश जाने युवाले स्वदेशमानै रोजगारी पाउने छन । उनले भने ,८० रोपनी क्षेत्रफलमा सहकारीको ५० र किसानको ५० प्रतिशत लगानीमा २० लाख बराबरको बाख्रा पालन गर्दै छौं ।