सदरमुकाममा चक्कु प्रहारबाट २ जना घाईते

1102 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नीलकण्ठ÷download (1) धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ उच्च माविमा कक्षा ९ को परीक्षा दिएर घर फर्किदै गरेका दुई जना विद्यार्थी अज्ञात समूहको आक्रमणमा परी घाइते भएका छन् ।

परीक्षा सकेर घर फर्किदै गरेका नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सोरघरका १७ बर्षीय चक्र नेपाली र सोही स्थानका नर बहादुर थापा मगर नचिनेको व्यक्तिहरुको आक्रमणवाट गम्भीर घाइते भएका हुन । सात÷आठ जनाको संख्यामा रहेका युवाहरुले धादिङबेसी स्थित सिरानबजारमा उनीहरुलाई इट्टा र चक्कु प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईतेहरुको टाउँको, नाक, खुट्टा र आँखामा चोट लागेको छ । घाइते दुबै जनालाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । भने घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ