धादिङ फलफूलका ३२ हजार विरुवा रोपियो

814 पटक पढिएको

सम्पादक: Dhadingnews.com

480X320_a784376c367574bdc10f6e7117699fd5धादिङ, १९ असार  । जिल्लालाई फलफूलमा आत्मानिर्भर बनाउन यस वर्षपनि धादिङ जिल्लामा थय ३२ हजार फलफूलका विरुवा रापिएको छ । 
पछिल्लो समयमा फलफूल उपभोक्ता बढे संगै फलफूलको उतपादन बढाउन किसान र कृषि विकास कार्यालय एकसाथ लागेको छ । ५ वर्ष भित्रमा अमिला जातका फलफूल फलफूलमा आत्मानिर्भर बनाउन यस वर्ष लिचीका १२ हजार, कफीका ७ हजार, सुन्तलाका ४ हजार ५ सय र कागतीका ३ हजार ५ सय विरुवा रोपिएको छ । यसै गरी अलैंची २ हजार ५ सय, आँपका १ हजार २ सय, अम्वाका ३ सय रोपिएको छ ।
जिल्ला कृषि विकास कार्यालय धादिङले लिची, कफी, कागती र अलैचीका विरुवामा पचास प्रतिशत अनुदानमा किसानहरुलाई उपलव्ध गराएको छ । लिची किराञ्चोक, जोगिमारा, मैदी र ज्यामरुङमा, ज्यामरुङ, सत्यदेवी र गुम्दीका किसानले रोपेका छन् । सुनतला र कागती जोगिमारा, धुषा, महादेवस्थान र गजुरीका किसानले रोपेकाछन् । त्यसै गरी अलैची रिगाँउका किसानले रोपेकाछन् । हिमाली तथा र  खेतीमा किसानहरुको आर्कषण पनि बढेको छ ।
पछिल्लो समय सुन्तला र कागतीको नर्सरी नलाङका कमल गुरुङले तयार गरेकाले दुवानी सजिलो भएको छ । आगमी वर्ष लिचीको नर्सरी पनि जिल्लामै तयार गर्ने योजना रहेको वागवानी विकास अधिकृत केशव घिमिरेले बताए कारोवार डेलि डट कमले समाचार लेखेको छ ।