घरेलुहिंसा पछिको हत्या आरोपित पुर्पक्षको लागि थुनामा

699 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 imagesधादिङ- घरेलु हिंसापछि हत्याको आरोप लागेका ज्याम्रुङ गाविस-८ का ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र १ जनालाई धरौटीमा छाड्न असार १९ गतेको जिल्ला अदालत धादिङले आदेश गरेको छ ।
ज्याम्रुङ गाविस-८ की २६ वर्षीया कमला गुरुङलाई जेठ २५ गते राती पति २१ वर्षीय मानबहादुर गुरुङ सासू सेती गुरुङ र आमाजु कौशिला गुरुङले हत्या गरेको आरोप लागेको थियो । उनिहरूलाई जिल्ला अदालतका न्यायधीश रमेशराज पोखरलको ईजालासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

यसै गरी हत्यामा संलग्न आरोप लागेका मृतकका ससुरा ८१ वर्षीय टकेबहादुर गुरुङलाई भने जिल्ला अदालतले ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । उनिहरू ४ जनालाई प्रहरीले कर्तव्य ज्यान अभियोग लगाई जिल्ला अदालतमा पेश गरेको थियो । अभियुक्तहरूले मृतक कमलाले पासो लागाई आत्माहत्या गरेको बयान दिएको भए पनि सलले घाँटीमा कसेर मारेको आरोपमा मृतकका पिता ज्यामरुङ धनबहादुर गुरुङले प्रहरीमा जाहेरी दिएका थिए ।
कमलाको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जाहेरवालाको तर्फबाट सरकारी वकिल कार्यलयाको तर्फबाट अधिवक्ता गोविन्दप्रसाद बराल र अधिवक्ताहरू विश्वराज अधिकारी र हरिषचन्द्र बुर्लाकोटीले बहस गरेका थिए । भने प्रतिवादीका तर्फबाट अधिवक्ता टंककुमार श्रेष्ठले बहस गरेका थिए ।
कमला र मानबहादुरको ५ वर्षअघि विवाह भएको थियो । उनिहरूको बालबच्चा हुनसकेको थिएन । यही विषयमा पति पतिपत्नीबीच मनमुटाव र झगडा हुने गरेको माईती पक्षले जाहेरी मार्फत आरोप लगाएको थियो ।
मृतक कमलाले आफू माथी घरेलु हिंसा भएको र विवाह दर्ता तथा नागीकता बनाउन सहयोग नगरेको आरोपमा गतवर्षकटुञ्जे गाविसमा रहेको टोड्के प्रहरीचौकीमा निवेदन दिएकी थिईन् । प्रहरीले दुवै पक्षलाई झिकाई ०७० फागुन २३ गते कमलाको विवाह दर्ता गरी नागरीकता बनाईदिने र घरमा मेलमिलापका साथ बस्ने गरी कागज गराएर छाडेको थियो ।