डाडाँगाउँका किसानको लिचि खेतिमा उत्साह

1810 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ खाल्टे ४ डाडाँगाउँका किसान लिचि खेतिप्रति उत्साहित भएका छन् । परम्परागत खेति भन्दा सजिलो साथै आर्थिक हिसावले पनि तेब्बर फाइदा लिचि खेतिबाट हुनथालेपछि, यहाँको किसानमा लिचि खेतिको आकर्षण बढेको लिचि खेतिका अगुवा इन्द्र राना मगर बताउँनुहुन्छ ।

images (3)रानाले मात्र पाँच सयको हाराहारीमा लिचि लगाउने योजना सुनाउने रानाले यस वर्ष सयको हाराहारीमा लिचि खेतिलाई अगाडि बढाउने अभियानमा छन् । यस खाल्टे ४ एकै वडामा मात्र यस वर्ष पन्ध्र सयको हाराहारिमा लिचिको विउ लगाएका छन् । अन्या खेतिको तुलनामा लिचि सहज, साथै बादरले पनि तेति दुःख नदिने भएकाले यहाँको किसानमा लिचि खेतिमा आकर्षण बढेको कृषक रामकृष्ण श्रेष्ठको भनाई छ । यस क्षेत्रका किसान दशौ हजारको हाराहारीमा लिचि लगाउन कृषक उत्सुक छन् ।

श्रेष्ठले थपे मुख्य समस्य भनेको समयमै विउ सहज ढङ्गले नपाउनु, सरकारि निकायले किसानलाई खेति बालिमा लगाउने तरिका साथै यसको रोगहरुको बारेमा परामर्श नगर्नुले धेरै किसानहरु समस्यमा पर्ने गरेका छन् । जिल्ला कृषि कार्यलय धादिङले जिल्लामा लिचि, कफी, कागतीमा पचास प्रतिशत अनुदानमा विरुवा जिल्लामा वितरण गरेको छ । विगतको वर्षाहरुमा जस्तै यस वर्ष पनि विरुवाको अत्यधिक माग भएको जिल्ला कृषिकार्यलयको भनाइ छ । यस वर्षमात्र जिल्लामा लिची, कफी, सुन्तला, कागती, अलौची, आँप, अम्वा गरि ३२ हजारको हाराहारी कृषक माझ वितरण गरिएको बागवानी विकास केन्द्र धादिङका अधिकृत केशव घिमिरेले बताउनुभयो  हरपल न्युजले खबर लेखेको छ ।  ।