धादिङका आठ जना एमालेको केन्द्रिय समितिमा भिड्दै

1002 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–काठमाण्डौंको भृकुटी मण्डपमा जारी नेकपा एमालेको नवौं महाधिबेशनवाट आगामी ५ बर्षको लागि नयां नेत्तृत्व चयन हुने भएपछि मंगलवार राती अवेरसम्ममा धादिङ जिल्लाका आठ जनाले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।10511087_789264067797386_4500618561177358301_n

 
1907662_785238998199893_4780177350385659790_nयसैबिच धादिङ जिल्लामा जन्मिएर पार्टीको माथिल्लो निकायमा पुुग्न सफल निवर्तमान पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे,डाक्टर पुष्प कंडेल र गंगालाल तुलाधारले यस पटक पनि आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।10525583_587087891405499_7994647484865711799_n - Copy
पार्टीको निवर्तमान पोलिटव्युरो सदस्यहरु मध्ये राजेन्द्र पाण्डेले उपाध्यक्षमा,सुरेन्द्र पाण्डेले महासचिवमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ भने अर्का निवर्तमान पोलिटव्युरो सदस्य तुलाधरले भने सचिव पदमा उम्मेदवारी दिने या पोलिटव्युरो सदस्यनै दोहोर्याउने भन्ने निर्णय वाहिर आईसकेको छैन । उपाध्यक्ष र महासचिव पदका आकांक्षी पाण्डेद्धय दाजुभाई हुनुहुन्छ । यसैगरी केन्द्रिय लेखा आयोगका निवर्तमान अध्यक्ष एवम पोलिटव्युरो सदय डाक्टर कंडेलले लेखा आयोगको अध्यक्ष पदमै उम्मेदवारी दिनुहुने भएको छ ।10525583_587087891405499_7994647484865711799_n
यसैगरी यस पटक जिल्लावाट केही नयां अनुहारले केन्द्रिय नेत्तृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका छन । जिल्ला कमिटीका अध्यक्ष खेम लोहनी, सभासद एवम जिल्ला कमिटीका पुर्व अध्यक्ष गुरुप्रसाद वुर्लाकोटीले केन्द्रिय सदस्य पदमा,धादिङ क्षेत्र नम्बर १ का राष्ट्रिय प्रतिनिधि परिषद डाक्टर रामकुमार अधिकारीले केन्द्रिय अनुशासन आयोगको सदस्य पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।1483438_10204182742352073_65328880608798620_n
त्यसैगरी धादिङ जिल्ला घर भई राजधानीमा रहेर राजनिति संगै व्यवसायमा संलग्न रहंदै आउनुभएका चन्द्र रिजालले पनि पर्यटन इलाका तर्फवाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।