किन केपी ओलीतिर लागे बद्री पंगेनी ?

875 पटक पढिएको

सम्पादक: Dhadingnews.com

badri-pangeniकाठमाडौँ, २७ असार । नयाँ नेतृत्व छनोटका लागि नेकपा एमालेको राजधानीम जारी नवौँ महाधिवेशनमा अहिले प्रत्यक्ष रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली चुनावी मैदानमा प्यानल नै बनाएर ओर्लिनुभएको छ । आफ्नो पकड बलियो देखाउन प्रतिनिधि र चर्चित नेताहरुलाई आ–आफ्नो प्यानलमा ल्याउने होडवाजी पनि अहिले व्यापक बनेको छ ।

यसरी नेताहरु आ–आफ्नो प्यानलमा प्रतिनिधि र चर्चित नेताहरुलाई तान्ने होड चलिरहेका बेला कलाकारहरुले पनि विस्तारै गुटको कित्ताकाड गर्न थालेका छन् । यो माहोलमा सबै भन्दा अगाडि गायक बद्री पंगेनी देखिनु भएको छ । पंगेनी प्रतिनिधि हुनुहुन्न । तर, उहाँ अहिले खुलेर ओलीलाई जिताउने अभियानमा लाग्नु भएको छ ।

‘जनताको बोली हो, अध्यक्ष त केपी ओली हो
अघि बढ केपी ओली हामी साथ दिन्छौं ,
अघि बढ केपी ओली युवा साथ दिन्छौँ …

नयाँ नेपाल बनेपछि बल्ल विश्राम लिन्छौं अहिले पंगेनीको यो गित चर्चित बनेको छ चुनाव भए पनि ओलीले नै जित्ने दाबी गर्दै आउनु भएका पंगेनी सर्वसहमतिबाटै ओलीलाई अध्यक्ष बनाउनु पर्ने बताउनु हुन्छ । पंगेनीको मन पर्ने नेता माधव नेपाल नै भए पनि जित्नु पर्ने नेताको सूचीमा अहिले ओली पर्नुभएको छ ।

नेतालाई मात्र होइन अहिले कलाकारलाई पनि पार्टी, पार्टी भित्र पनि नेताको चिन्ता भएको छ भन्ने संकेत पंगेनीले देखाउनु भएको छ । पंगेनीको चाहनालाई प्रतिनिधिले पूरा गर्छन वा गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।

-दैनिक नेपाल