गुरु पूर्णिमामा धादिङका दश शिक्षक सम्मानित

1028 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_3448धादिङ,-भाषा, साहित्य र शिक्षाको विकासमा अमुल्य योगदान पुर्याएवापत गुरु पूर्णिमाको अवसर पारेर धादिङ जिल्लाका दश जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ ।
भानु द्धिशत बार्षिक कार्यक्रम तथा गुरुपूर्णिमाको अवसर पारेर भानु प्रतिष्ठान र एडभान्स एकेडेमी धादिङले शनिवार धादिङबेसीमा संयुक्त कार्यक्रमको आयोजनामा गरि जिल्लाका विभिन्न सामुदायिक बिद्यालयवाट सेवा निवृत्त दश जना शिक्षक शिक्षिकालाई सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित भएका शिक्षकहरुमा निरन्जना उच्च मावि मार्पाकका केशरीप्रसाद पन्त, अमर्खु मावि भुमेस्थानका दुर्लभकुमार तामाङ,भैरवी उच्च मावि सुनौलावजारका इन्द्रमान श्रेष्ठ, महालक्ष्मी मावि छत्रेदेउरालीका नारायणलाल श्रेष्ठ, महेन्द्र उच्च मावि नीलकण्ठ सांखुका लोकनाथ रिजाल हुनुहुन्छ । यसैगरी नीलकण्ठ उच्च माविका ज्योतीमाया श्रेष्ठ, बिष्णुमाया श्रेष्ठ र लक्ष्मी श्रेष्ठ,साङकोष माविका दोर्णाचार्य सिम्खडा, कर्णेश्वर माविका जितवहादुर श्रेष्ठ रहनु भएको छ । सम्मानित शिक्षक शिक्षिकाहरुलाई धादिङका सहायक जिल्ला शिक्षा अधिकारी रमा अर्याल,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली,उदभव साहित्य संगमका अध्यक्ष रमेश अधिकारी,अग्रज शिक्षासेवी कृष्णप्रसाद दहाल लगायतका अतिथीहरुले सामुहिक रुपमा दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो । रेका थिए ।
सम्मान कार्यक्रम शुरु हुनुअघि साहित्य अनुरागीहरुले धादिङबेसी भानुपार्कमा रहेको भानुको शालिकमा माल्यार्पण गर्नुका साथै भानुभक्तद्धारा रचित रामायणका श्लोकहरु बाचन गरिएको थियो । कार्यक्रममा भानु प्रतिष्ठान धादिङका अध्यक्ष नविनवन्धु पहाडी,उदभाव साहित्य संगमका अध्यक्ष रमेश अधिकारी,अग्रज शिक्षाविद कृष्णप्रसाद दहाल लगायतले गुरुपूर्णिमा र भानुको महत्वका बिषयमा आफ्नो धारणा राखेका थिए । एडभान्स एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष वद्रिप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका नवोदित साहित्यअनुरागीहरुका साथै अग्रज साहित्यकार,शिक्षाप्रेमी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।