गरिबी निवारण कार्यक्रमको बार्षिक समिक्षा

785 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_3536धादिङ,३० असार –गरिवी निवारण कोषको सहयोगमा धादिङ जिल्लामा संचालित गरिबी निवारण कार्यक्रमको बार्षिक समिक्षा सोमवार धादिङबेसीमा सम्पन्न भएको छ । गरिवी निवारण कार्यक्रम संचालन भएको एक दशक भईसक्दा पनि जिल्लामा नमुना सुधार आउन नसकेकोभन्दै कार्यक्रमको प्रभावकारिताको स्थलगत अध्ययन र उपलव्धिका बिषयमा सरोकारवालहरु सचेत हुनुपर्ने कार्यक्रमका सहभागि हरुले वताएका छन ।
एकीकृत सामुदायिक विकास अभियान (आईसिडिसी) धादिङका अध्यक्ष वलराम लम्सालको अध्यक्षतामा भएको वार्षिक समिक्षा कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गरिवी निवारण कोषका कार्य प्रवन्धक अमर पाख्रिन,सूचना व्यवस्थापन अधिकृत रनुशिद्ध आलमका साथै जिल्लाका मुख्य राजनैतिक दलका प्रतिनिधि,सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
गरिवी निवारण कार्यक्रम जिल्लाको उत्तरी क्षेत्रको तिप्लिङ,सेर्तुङ,लापा,रि,झार्लाङ,दार्खा,सत्यदेवी र कटुञ्जे गाविसमा मध्य क्षेत्रको मैदी,खाल्टे,कल्लेरी र नीलकण्ठ नगरपालिकामा पर्ने साविकको सुनौलावजार गाविसमा संचालन भईरहेको समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो । यसैगरी दक्षिणी क्षेत्रको जोगिमारा,धुषा,वेनिघाट,गजुरी,महादेवस्थान,पिडा,भुमेस्थान र तसर्पु गाविसमा गरी ४ सय २१ वटा सामुदायिक संस्था गठन भई ११ हजार २ सय २५ घरधुरी आवद्ध रहेको र ति सबैका लागि १८ करोड रुपैया लगानी गरिसकिएको वताईएको छ ।
कार्यक्रम मार्फत कृषि, पशुपालन,जिविकोपार्जन,जिवनस्तरसुधार,सिप विकास,सिंचाई,पुर्वाधार विकास,लघु जलबिद्युत्त लगायतका क्षेत्रमा समुदायको मागको आधारमा लगानी गर्दै आईरहेको कार्यक्रम संचालक संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा एकीकृत सामुदायिक विकास अभियानका गोकर्ण दुवाडी,परिवर्तनका लागि प्रतिबद्ध समाजका राजेन्द्र श्रेष्ठ,सामुदायिक उत्थान पद्धत्तिका लागि मञ्चका लालप्रसाद शर्मा,नेपाल रेडक्रस सोसाईटीका सावित्री थापाले आफ्नो संस्था मार्फत संचालन गरिएका कार्यक्रमको उपलव्धि, प्रभावकारिता र समस्या एवम चुनौतिहरुलाई समेटेर कार्यप्रगति प्रस्तुत गरेका थिए । त्यसै गरी चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाजका गोकर्ण रुपाखेती,समग्र विकास सेवा केन्द्रका कवि पुडासैनी र प्रयत्नशिल सामुदायिक विकास समाजका सुनिता कंडेलले पनि कार्य प्रगति प्रस्तुत गर्दै गतिविधिहरुको जानकारी गराएका थिए ।