एमाले अध्यक्षमा केपी ओली निर्वाचित पदाधिकारी दुवै पक्षका ७-७ जना

963 पटक पढिएको

सम्पादक: Dhadingnews.com

uml new commiteकाठमाडौं, असार ३१ – एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै ओली निर्वाचित भएका हुन् । निक्कै प्रतिस्पर्धात्मक निर्वाचनमा ओलीले १ हजार ४७ मत पाएका छन् भने नेपालले १ हजार ३ मत पाएका छन् ।

पदाधिकारीमा नेपाल र ओली समूहका बराबर ७-७ जना निर्वाचित भए ।

उपाध्यक्षमा ओली समूहका वामदेव गौतम र विद्या भण्डारी तथा नेपाल समूहका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् । गौतमले १ हजार १ सय २४, भण्डारीले १ हजार १ सय, रावलले १ हजार १ सय ४३, ज्ञवालीले १ हजार ६२ र शाक्यले १ हजार ४७ मत पाए ।

महासचिवमा ६ मतले ओली समूहका ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १ हजार ३६ र नेपाल समूहका सुरेन्द्र पाण्डेले १ हजार ३० मत पाए ।

सचिवमा ओली समूहका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भए । ज्ञवालीले १ हजार १ सय ५५, गुरुङले  १ हजार २९, विष्टले १ हजार २ सय ७०,  भट्टराईले १ हजार ८५ र आचार्यले १ हजार ३५ मत पाएका छन् ।