धादिङका चार जना केन्द्रिय सदस्यमा

909 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10525583_587087891405499_7994647484865711799_n - Copyधादिङ–नेकपा एमालेको नवौं महाधिवेशनवाट पदाधिकारीमा पराजित भएपनि राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे खुल्ला केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको छ । राजेन्द्र उपाध्यक्षमा र सुरेन्द्र महासचिवमा पराजित हुनुभएको थियो । उपाध्यक्षमा राजेन्द्रले १०३१ र महासचिवमा सुरेन्द्रले १०३० मत पाउनु भएको थियो । पदािधकारीमा पराजित भएपनि केन्द्रिय सदस्य पदमा भने राजेन्द्रले १०८५ र सुरेन्द्रले १०९४ मत पाउनु भएको छ । यसैगरी अर्का नेता गंगालाल तुलाधर पनि खुल्ला तर्फवाट केन्द्रिय सदस्य पदमा १०१६ मत ल्याएर विजयी हुनु भएको छ । यस अघि धादिङ जिल्लाका पाण्डेद्धय, तुलाधर र केन्द्रिय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प कंडेल सहित चार जना एमालेको पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । डाक्टर कंडेल यस पटक पनि लेखा आयोगको अध्यक्ष पदमा उम्मेदवार वन्नु भएको छ । 941176_4675713502634_937893799_n - Copyपदाधिकारी पदमा पुग्ने लक्ष्य पुरा नभएपनि केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु हुने नेताद्धय पाण्डेलाई हार्दिक बधाई तथा शुभकामना ।
जिल्लावाट नयां अनुहारले केन्द्रिय समितिमा पुग्ने आकांक्षा राखेर चुनावी प्रतिस्पर्धामा गएकोमा धादिङ जिल्ला कमिटीका पुर्व अध्यक्ष गुरुप्रसाद वुर्लाकोटी खुल्ला केन्द्रिय सदस्य पदमा र अहिलेका अध्यक्ष खेम लोहनी बैकल्पिक केन्द्रिय सदस्यमा र महिला तर्फवाट जानुका सिम्खडा,अखिल नेपाल किसान महासंघका उप महासचिव वलराम वांस्कोटा,उहांकी पत्नि एवम महिला नेत्तृ सावित्री भुसाल पनि केन्द्रिय सदस्य पदमा उम्मेदवार वन्नु भएको थियो । भुसालले १०५१ मत ल्याएर महिलावाट खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा विजयी हुनुभएको छ । पाण्डेद्धय, तुलाधर र भुसाल समेत गरी धादिङका चार जना केन्द्रिय समितिमा पुग्नु भएको छ । विभाग रआयोग समेतको गरी अन्तिम परिणाम सार्वजनिक हुंदा सम्म केन्द्रिय सदस्य पदमा अझै थप हुन सक्ने अवस्था रहेको वताईएको छ ।