एमाले केन्द्रिय कमिटीमा धादिङका ६ जना

1059 पटक पढिएको

सम्पादक: Dhadingnews.com

UML9th_20140716063205धादिङ- नेकपा एमाले धादिङका अध्यक्ष खेम प्रसाद लोहनी नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।
लोहनी पार्टीको नवौं महाधिबेशनमा केन्द्रिय समितिमा वैकल्पिक तर्फवाट उम्मेदवार वन्नु भएको थियो । लोहनीसंगै धादिङ जिल्लाका ६जना केन्द्रिय कमिटीमा पुग्नु भएको छ । डाक्टर पुष्प कंडेल केन्द्रिय लेखा आयोगको अध्यक्षमा, पुर्व पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे,गंगालाल तुलाधर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । राजेन्द्र पाण्डे उपाध्यक्षम पदमा र सुरेन्द्र पाण्डे महासचिव पदमा पराजित हुनुभएपनि केन्द्रिय सदस्यमा भने निर्वाचित हुनु भएको छ । पाण्डेद्धय गजुरी गाविसका वासिन्दा हुनुहुन्छ भने डाक्टर कंडेल वेनिघाट, तुलाधर कल्लेरी र लोहनी चैनपुर गाविसका वासिन्दा हुनुहुन्छ । धादिङ केवलपुरमा जन्मिएर भुमेस्थान गाविसमा अस्थायी वसोवास रराजधानीमा पूर्णकालिन रुपमा वस्दै आईरहनु भएका किसान फांटका नेता वलराम वांस्कोटाकी धर्मपत्नी सावीत्री वोगटी पनि केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । वोगटी महिला क्षेत्रको राजनितिमा सक्रिय हुनुहुन्छ ।
निर्वाचित सम्पूर्ण केन्द्रिय सदस्यहरुलाई धादिङ न्युज डट कम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।