एमाले केन्द्रिय कमिटीमा धादिङका ७ जना

906 पटक पढिएको

सम्पादक: Dhadingnews.com

UML9th_20140716063205धादिङ–नेकपा एमाले धादिङका अध्यक्ष खेम प्रसाद लोहनी सहित जिल्लाका ७ जना नेकपा एमालेको केन्द्रिय कमिटीमा पुगेका छन ।
लोहनी पार्टीको नवौं महाधिबेशनमा केन्द्रिय समितिमा वैकल्पिक तर्फवाट उम्मेदवार वन्नु भएको थियो । लोहनीसंगै धादिङ जिल्लाका ७ जना केन्द्रिय कमिटीमा पुगेका हुन । डाक्टर पुष्प कंडेल केन्द्रिय लेखा आयोगको अध्यक्षमा, पुर्व पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे,गंगालाल तुलाधर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । राजेन्द्र पाण्डे उपाध्यक्ष पदमा र सुरेन्द्र पाण्डे महासचिव पदमा पराजित हुनुभएपनि केन्द्रिय सदस्यमा भने निर्वाचित हुनु भएको छ । पाण्डेद्धय गजुरी गाविसका वासिन्दा हुनुहुन्छ भने डाक्टर कंडेल वेनिघाट, तुलाधर कल्लेरी र लोहनी चैनपुर गाविसका वासिन्दा हुनुहुन्छ । धादिङ केवलपुरमा जन्मिएर भुमेस्थान गाविसमा अस्थायी वसोवास रराजधानीमा पूर्णकालिन रुपमा वस्दै आईरहनु भएका किसान फांटका नेता वलराम वांस्कोटाकी धर्मपत्नी सावीत्री वोगटी पनि केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । वोगटी महिला क्षेत्रको राजनितिमा सक्रिय हुनुहुन्छ । यसैगरी सहकारी क्षेत्रमा सक्रिय रहंदै आउनु भएका धादिङ वेनिघाटका मिनराज कंडेल केन्द्रिय लेखा आयोगको सदस्यमा निर्वाचत हुनुभएको छ । कंडेल समेत गरी जिल्लाका ७ जना एमालेको केन्द्रिय कमिटिमा पुगेका हुन । जिल्लाबाट केन्द्रिय कमिटीमा उम्मेदवार वनेका मध्ये गुरुप्रसाद वुर्लाकोटी, जानुका सिम्खडा,वलराम वांस्कोटा,चन्द्र रिजाल भने पराजित हुन पुगेका छन ।