धादिङको शान्ति सुरक्षा सामान्य अवस्थामा छ –प्रनाउ मल्ल

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10567675_753813761324187_1442099269_oधादिङ–प्रहरी सस्तो लोकप्रियताका लागि होइन जनताको जिउ धनको सुरक्षाको प्रत्याभुति र कानूनको पालनाका लागि समर्पित रहनु पर्ने धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङद्धारा चौमासिक रुपमा आयोजना हुने गरेको नागरिक सुनुवाई कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षको पहिलो चरणको नागरिक सुनुवाई कार्यक्रम आईतवार सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा उठेका जनगुनासोहरुको जवाफ दिने क्रममा प्रहरी नायव उपरिक्षक मल्लले प्रहरीले प्रचार गरेर होइन व्यवहारमा देखिने काम गर्नुपर्ने बताउनु भएको हो । आंफु कसैको भनसुनवाट कहिल्यै प्रभावित नहुने र कोही व्यक्तिलाई आरोप लाग्दैमा अनुसन्धान वेगर कारवाहीका लागि कसैले दवाव दिन नहुने उहांको भनाई थियो ।
धादिङ जिल्लाको शान्ति सुरक्षाको अवस्थामा अहिले सामान्य अवस्थामा रहेको तर कुनै पनि वेला अप्रिय घटना हुन सक्छ भनेर प्रहरी सतर्क रहिरहनुपर्ने भएकाले यस तर्फ सचेत रहेको मल्लले जानकारी दिनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्यमी, व्यवसायी, अधिकारकर्मी, संचारकर्मी,पुर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।