क्षयीकरणतिरै हो त वाग्घरि प्रचण्ड ?
834 पटक पढिएको
बद्रीप्रसाद दाहाल
प्रचण्ड उर्फ पुष्पकमल दाहाल वर्तमान नेपालका राजनीतिक खेलाडीहरुमध्ये सबैभन्दा वाग्मी , वाचाल , वाक्पटु वा वाग्घरि प्रतिभा भएका नेता हुन् । त्यसैले त दोश्रो संविधानसभाको चुनाबअघिसम्म उनी एउटा त्रास र आसको विस्मयकारी साझा व्यक्तित्वको रुपमा जनतामाझ कौतूहलको पात्र नै बनेर रहे । धाराप्रवाह उत्तिकै रोचक शैलीमा आफ्ना विचार घण्टौं संप्रेषण गर्ने यिनको खुबी ओजपूर्ण भएकैले श्रोताहरु प्रचण्डका अभिव्यक्तित्वमा चुम्बकिन्थे । शान्तिप्रक्रियामा आएछि पटक पटक उनी पेरुको गोन्जालोलाई उदाहरण दिएर आफ्ना क्रान्तिकारी कार्यकर्तालाई माओको ‘ छलाङ’ संझाउ‘थे । पेरुको राजधानी ‘लिमा’— को जेलमा आजीवन कारावासको सजाय‘ भोगिरहेका ‘ साइनिङ पाथ ’ — का अध्यक्ष गोन्जालो जस्ले २२ वर्ष गुरिल्लायुध्द गरेर ७० हजार क्रान्तिकारी बलि चढेका थिए , उनले आफ्नो अनुभव यहॉका माओवादीहरुमा बॉड्दै भनेका थिए कि —‘ ने–पालमा जनयुध्दभन्दा शान्तिपूर्ण मार्गबाटै जनवाद बहाल हुनसक्छ । ’ यसरी प्रचण्ड पनि नियमिततामा क्रमभङ्ग गर्दै नयॉ छलाङको क्षितिज कार्यकर्तामा देखाउन कसरतमा लागे । जसअनुसार पहिलो संविधानसभामा सबभन्दा ठूलो दल माओवादीलाई बनाएर देखाइदिए । उनी प्र . मं . बनेछि जनतामा अपेक्षाहरु ह्वात्तै चुलिए । ठूलो दल बनेको दम्भमा उनी आवश्यकताभन्दा बढी उत्साही बन्न थाले । जनमतको यो आदेश हाम्रो लागि वर्षौंको आदेशजस्तो भ्रममा परे ।
दस महिना बित्दा नबित्दै उनको प्रधानमन्त्री पद ढलपलिन लाग्यो । मूलतः प्रधान सेनापति कटुवालको राजीनामा उनको पनि राजी–नामाको मार्ग खन्ने कारक बन्न पुग्यो । उनले आवेशमा आएर आफ्नो वाक्कलाको अपव्यय गर्न पुगे । जसले गर्दा मुलुकभित्र र बाहिर पनि उन–लाई विश्वासको नजरमा हेर्ने जनमत क्षयीकरण हु‘दै गयो । आफ्नो राजी—नाम दिदै उनी बोले —‘ प्र.मं. पदबाट मैले दिएको राजीनामा विदेशी दलाल र आत्मसमर्पणवादीविरुध्द क्षेप्यास्त्र हो’ , काङ्ग्रेस र एमालेतिर लक्ष्य गदैै भने — संविधानसभा निर्वाचनमा जनताबाट पराजित भएकाहरु मुलुकको नेतृत्व गर्न लायक छैनन् , सावधान ! जनता ! विदेशी प्रभुको इसारामा फोहोरी खेल सुरु भएको छ , पराजित मानसिकतामा उनीहरु रु‘दै छन् हामीलाई गर्व छ । ’ उनले यतिसम्म भने कि काङ्ग्रेस र एमालेले गृह–युध्द निम्त्याएको छ । यसरी प्रचण्ड भावनामा बहकिएर उनको बुध्दि तत्व छोपिन पुग्यो । बीपीलाई मान्ने यिनले ‘ राजनीतिमा बुध्दितत्व प्रधान हुन्छ भने साहित्यमा भावनातत्व मुख्य हुन्छ ’ भन्ने बीपी वाणी भुल्न पुगे । त्यसैबाट उनको राजनीतिक यात्रा बेसक्याम्पबाट नाम्चेतिर अवरोहण हुन थाल्यो ।
विख्यात अस्तित्ववादी दार्शनिक ‘ज्यॉ पाल सात्र्र’ ले एक प्रसङ्गमा भन्न्ुभएको छ — शब्दमा साम्यवादको खण्डन गरेर साम्यवादलाई जित्न सकिंदैन , यो वादले आफ्नो खण्डन आफ्नै व्यवहार र परिणामबाट गर्नेछ ।’ कति सटिक र यथार्थको सङ्कथन छ यो उक्ति ! ‘हाम्रो पार्टी बेग्लै धातु—ले बनेको छ । हामी सिंह हौ , वैचारिक संघर्षबाटै रुपान्तर र एकताको क्रम चल्छ भन्ने मान्यताका प्रचण्ड यतिखेर हिजोको आफ्नो माओवादी क्रान्ति—कारी दल धातुविहीन बनेर सिसाझैं फुटेको , आल्मोनियमझैं कुच्चिएको देख्दा धेरै गम्भीर छन् । दोश्रो संविधानसभाको निर्वाचन परिणामले कुण्ठा र आक्रोशको भ‘ुमरीमा रिङेका प्रचण्ड हेटौंडा महाधिवेशनबाट अनुमोदित भए पनि आफ्नो दलभित्र विस्तारै साख गुमाउ‘दै गएका छन् । यति बेला संसदभित्रका मधेसी एवं जनजाति दल र संसद वा संविधानसभा बाहिरका माओवादीलगायतका पार्टीसित मोर्चाबन्दी गरेर प्रचण्ड काङ्ग्रेस र एमालेलाई संविधाननिर्माणमा चुनौती दिन कसिएका छन् । तर यस कुराको सल्लाह स्वयं दलभित्रका बाबुराम र नारायणकाजीसित छैन । बाबुरामले त प्रचण्ड कथन ‘ रगतको खोलो बग्छ ’ लाई केही दिनअघि विराट नगरमा गएर प्रतिवाद गर्दै भने — ‘ अहिलेको समय जसरी पनि देशमा प्रगतिशील संविधान बनाउन संसदमा कसिनु पर्छ , रगतको खोलो बगाउने समय यो होइन । संविधानसभाबाट जनताको संविधान बनाउने एकलव्य कसरतमा हामी छौं । यसबाट अनुमान गर्न सकिन्छ कि प्रचण्ड क्रमशः अविश्वासको दलदलमा फसेर एक्लिंदै क्षयीकरणको ओरालो झर्दै त छैनन् ? शङ्का , अनुमान र लख काट्नेहरुलाई स्पेस मिलेको छ । उनले यही स्थिति देखेर सायद आपूmलाई सबैतिरबाट घेराबन्दी भयो भनेका हुनसक्छन् । वर्तमान सं—विधानसभा नमान्ने एमाओवादीबाट चोइटिएर गएको आफैभित्र विग्रह चुलिएको वैद्य माओवादी , जनमतविहीन मातृका र थापाप्रभृतिका साना दलहरु के प्रचण्डको मोर्चा आसयलाई पूरक हुन सक्छन् ? अनि अर्कोतिर संविधान सभाभित्रका नाममात्रका मधेसवादी दल र जातिवादी पार्टीको कत्तिको भर हुन्छ ? सोच्न सकेका छन् ? राजनीतिको मूल धारमा मार्च गरिसकेर फेरि दललाई दोधारमा रङमङाउनु दस वर्ष जनयुध्द गर्ने योजनाकारको बुध्दि पक्षको क्षय हो । राजनीतिको महासमुद्रमा दुइटा जहाजमा खुट्टा हालेर डुङ्गा पार लाग्दैन । असल सल्लाहकार र प्रबुध्द कार्यकर्ताले क्षयीकरणको दिशातिर गइरहेका अझै आशा लाग्दा वाग्घरि व्यक्तित्व प्रचण्डमा उचित मन्त्रणा गर्नु जरुरी छ । नत्र उनीमात्र क्षयीकरण नभएर गौरवमय पार्टी भनेर दाबी सम्प्रदायमा गम्भीर झड्का लाग्नेछ ।
अस्तु