मायावी मोदीको भ्रमणमा सूक्ष्म दृष्टि !
870 पटक पढिएको
बद्रीप्रसाद दाहाल
सत्र वर्षको अन्तरालपछि हालै निष्पन्न भारती– य प्रधानमन्त्रीको दुइ दिने नेपालको औपचारिक भ्रमण यतिखेर चर्चा र परिचर्चाको केन्द्रबिन्दुमा छ । कतिपय सञ्चार गृहहरुले मोदीको अगाडि ‘मायावी’ विशेषण झुन्ड्याएर उनको करिश्माकारी व्यक्तित्वको छविलाई जनसमक्ष राख्ने प्रयास पनि गरे । माया यो संस्कृत भाषाबाट आएको नाम शब्द हो , यसमा ‘वी’ प्रत्यय लागेर ‘ मायावी’ विशेषण बनेको हो । शब्दको–षीय आँखामा यसका यस्ता माने लाग्दछन् —ः मायाको रुपमा हुने वा रहने, ठूलो कपटी वा धोखेबाज , अवास्तविक , भ्रामक , इन्द्रजाली , जादुगरी , चतुर वा धूर्त , चटकी , परमात्मा वा परमेश्वर । तर मोदीको प्रसङ्गमा ‘मायावी ’ नकारात्मक अर्थको नभएर गुजरातको मुख्यमन्त्री रहँदा त्यहाँ गरेका सर्बपक्षीय विकास र उन्नयनका प्रतिबिम्ब , चतुर एवं भिजन भएका, कथनी तथा करनीमा एकै भएर उभिने मेधा पुरुष भन्न्ो आसयमा गरिएको सकारात्मक टिप्पणि हो ।
हुन त दार्शनिकहरुले माया शब्दलाई यसरी हेर्छन् — ‘ आब्रह्मस्तम्ब पर्यन्तं सर्बं मायामयं जगत् । सत्यं सत्यं पुनः सत्यं हरेर्नामैव केवलम् ।। ’ अर्थात् — यो विश्व ब्रह्माण्डका सबै देखिएका वस्तु माया अर्थात् भ्रममय छन् त्यसैले मान्छे हो ! सत्य कुरा त हरिको नाम नै हो । वास्तवमा ‘हरि’ भन्नाले ब्रह्म , विवेक वा चेतन आत्मा हो । त्यसैले त माया शब्दको विग्रह गर्दा ‘ मा = छैन वा हैन , या= जो ’ जुन नभएर पनि देख्याजस्तो लाग्छ त्यही माया हो । माया दर्शनीय नभएर भोगाइको अनुभूति हो । मायावी शब्दलाई दार्शनिक जञ्जालमा फसाइरहनुभन्दा यस–लाई छलाङ मार्ने क्षमता , बहुजन हिताय बहुजन सुखाय इमानपूर्वक काम गरेर देखाउने हुती वा ‘हरि ’ क्षमता भएको व्यक्तित्व भनेर बुझाउने कसरत हो मोदीलाई ।
महामहिम प्रधानमन्त्री मोदीबाट संविधानसभामा भएको ऐति—हासिक संबोधनले राष्ट सञ्चालन गर्न त्यो समयका नायकहरुले विवकशील बन्नुपर्छ । ऋषिमुनिजस्तो छाती फराकिलो बनाएर युगसापेक्ष्य उपागमहरु प्रस्तुत गर्न सामथ्र्य राख्नुपर्छ भन्ने भाव प्रखर र लालित्यपूर्ण काव्यिक नादमै सुसाए । पूर्बीय मान्यतामा ऋषि भनेको काम , क्रोध , लोभ , मोह , मद र मात्सर्यजस्ता माकुरे जञ्जालमा कुनै हालतमा पनि नफस्ने सात्विक , संयमी , सौम्य र प्रेयभन्दा श्रेयको मार्ग अवलम्वन गर्ने सङ्कल्प भएको असल पात्र भनेर बुझिन्छ । देशलाई नया दिशा दिन नेपालका सभासदहरु पनि लोभानी पापानीबाट मुक्त बन्नैपर्छ भन्ने आसय मोदीको हो । मायावी विशेषण उनलाई यिनै सदुक्तिको प्रकाशको हो ।
बेद , उपनिषद् र संहिता ग्रन्थसित संविधानधानलाई दाज्नुको आसय नेपालको संविधानसभामा यहॉका दलहरुद्वारा मूल कानुन निर्माण गर्न स्वार्थ प्रेरित डम्फू बजाएर कुतर्कमा छटाउँने तात्तो न छारोको बिलम्बकारी द्वन्द्वको नौटङकीप्रतिको न्यायोचित इन्जेक्सन हो भन्ने बुझिन्छ । जब शस्त्रको मार्ग गलत ठम्याएर शास्त्रको पथ टेकिसकेछि , जब युध्दको विध्वंस तिरष्कार गरेर बुध्दको राजमार्गमा यात्रा गर्ने वाचा बाँधिसकेछि पनि दायाँ र बाँया हिड्ने कसरत निरर्थक हुने कुरा पनि उनको संबोधन–को उद्बोधक सुई हो । मतलब उनी राष्ट विखण्डन पार्ने थारा नाराको विपक्षमा अठोटपूर्बक उभिन आह्वान गर्न पुगेका हुन् । ‘ हिट’ – का तीन सूत्र पस्किएर मोदीले यहाँका अभिकांश बुज्रूक , ठालू र संभ्रान्तहरुलाई उम्दा संबोधनवाण्ीले ओजनदार प्रशिक्षण नै गराए । यहाँको विपुल प्राकृतिक स्रोत , आयुर्वेदीय औषधि भण्डारको वस्तुतथ्य यथार्थ , जलस्रोत, पर्यटन र ऊर्जाको प्रचूर संभाव्यताको दीप्तिलाई दीपित बनाइदिए । यसरी मायाबी मोदीले राष्टलाई छलाङ मार्न हाम्रा अगुवा र बुज्रूका दिमागलाई मजैले हल्लाए । उनको भ्रमणलाई सूक्ष्म दृष्टिमा नियाल्दा आजको एक्काईसौं शताव्दिका जनता आर्थिक समृध्दि व्यवहारिक रुपमा स्थापित गर्न नसक्ने कुनै पनि देशको राजनीतिक तागत समय क्रममा विघटनको नियतिमै पुरिन्छ भन्ने चुनौती देखाए । ठूलदाइपनमा रम्ने भारतको नीतिमा नयाँ परिवर्तनको लहर आएको हु‘दा सबै खाले नेपाल भारत सन्धी संझौता पुरावलोकन हुने र नेपाल एक सार्वभौमसत्तासंपन्न राष्टको आँखामा हेर्न लालायित भइरहने अन्तर आसयको प्रकटीकरण गरिदिए । बुध्दको विशुध्द भूमि नेपाल नै हो भनेर लामो समयदेखिको भ्रममा मीठो शल्यक्रिया पनि गरिदिए । यसरी करिश्माकारी मोदीको भ्रमण बोधि भएर आलोकित बन्न पुग्यो भन्नु निश्चय नै अतिसयोक्ति हुँदैन । भोलिका दिनमा मोदी कथन व्यवहारमा उतार्न यहाँका दलाधीशहरु चनाखो भएर ऋषिमनमा उत्रन सक्नुपर्छ ।
समाप्तम्