गलत संस्कारममा हुर्केको छ, नेपालको राजनिती

868 पटक पढिएको

सम्पादक: Dhading News

हरिबहादुर बस्नेत
DSC07696अन्ततः संविधान सभा–२को चुनाव भयो । करोड २१ लाख ४७ हजार ८ सय ६५ कुल मतदाताहरु मध्ये ९५,१६,७२४ (७८.३४ प्रतिशत) जनताले मतदान प्रत्यक्ष तर्फ गरेर २०७० साल मंसिर ४ गतेका दिनलाई ऐतिहासिक बनाइदिएका छन् । संविधान सभाको सिट संख्या ६०१ सिट मध्ये प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेसले १०५सिट जितेको छ , त्यसैले प्रतिशतको आधारममा समानुपातिकमा ९१ सिट प्राप्त गर्दै कुल १९६ सिट सहित संविधान सभाको ठूलो पार्टी बन्न पुगेको छ भने अर्को प्रत्यक्षमा ९१ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा ८४ सिट सहित जम्मा १७५सिट प्राप्त गरी दोस्रो मुलुकको ठुलो पार्टी बन्न पुगेको छ । २०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनबबाट ठूलो दल बनेको एमाओवादी रुखबाट खगारिय झैँ प्रत्यक्षबाट २६ सिट र समानुपातिकमा ५४ सिट सहित कुल ८० सिटका साथ तेस्रो पार्टी बन्न पुगेको छ ।
नयाँ आकडाले पनि प्रष्ट सन्देश दिन्छ कि, गलत संस्कारमा हुर्केका छ राजनिती भन्ने कुरा । जनताले पहिले झैँ बडो उत्साह बोकेर निर्वाचनमा भाग लिए । जो मान्छे राजनिती गर्दैन, जो राजनिती जान्दैनन, ती निर्दोष छन् । इमान्दार छन् । झण्डै ७० प्रतिशतको हाराहारीमा रहेका जनतालाई नेताा र तिनका चाकरी बाजहरुले जसरी नचाउछन्, त्यसरी नै नाच्छन् । तिनलाई कहिले एउटा दलले नचाउँछन् त कहिले अर्कै दलले नचाउँछन् । नाचीदिनु तिनको काम हो नाच्छन् । यसपटक भन्नाले दोस्रो संविधान सभाको निर्वाचन २०७० मंसिर ४ गते पनि बडो मजाले नाचे । राजनिती गर्छु भन्नेहरु पनि राजनिती अध्यन गर्दै गर्दैनन् । सतही अध्ययन छ, नेपालको राजनितिज्ञ भनाउँदाहरुको । तिनीहरु माक्र्सबाद जान्दैनन्, वि.पि.बाद जान्दैनन्, गान्धी जान्दैनन्, माओ जान्दैनन् । प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्धका कारण जान्दैनन् । २००७, २०१७ साल जान्दैनन् । राजनिती गर्नेले कम्युनिष्ट जान्नुपर्छ, काँग्रेस, राप्रपा जान्नुपर्छ । हरेक पार्टीलाई तुलना गरेर हेर्न सक्ने क्षमता बनाउन सक्नुपर्छ । को भन्दा को राम्रो त्यो नबुझीकन त्यो कसरी रानितिज्ञ बन्न सक्छ । यसरी बुझेर राजनिती गर्ने मानिसहरु ज्यादै कम छन् नेपालमा । बाबु वा दाजु भाई एउटा दल विशेषमा लागेकै भरमा त्यही पार्टीमा नबझि कनै लाग्ने मानिसहरु पाइन्छ । बुबा, दाजु वा छिमेकीहरु कम्यूनिष्ट, काँग्रेस, राप्रपा भयो भनेर राजनिती गर्नेहरुले मुलुक र मुलुक बासीहरुलाई खासै केही दिन सक्दैनन् । जब उनीहरले वास्तविक राजनिती बुझ्छन्् अनि मात्र उनीहरुले देशलाई बुझ्छन् । अनिमात्र उनीहरुले मुलुकको लागी केही गर्न सक्छन् । अल्पज्ञानी राजनितीज्ञहरुले जनतालाई भेडा, बाख्राको स्तर भन्दा माथी कहिल्यै बुझ्दैनन् । निरीह जनता सधैँ नेताका नोकर बन्छन् । जनता भोट दिन्छन्, नेतालाई महान् ठान्छन् । तिनको अवस्था जहिले पनि पीडाको पहाड बोकेर बाच्नुपर्छ । नेताका चाकारबाजहरु चाही सलाम ठोकी, ठोकी ऐस आरामको जीवनमा बाँच्ने कला हुन्छ । त्यसैले नेताहरु सबै उही ड्याङ्गका मुला हुन् । हामीले तिनीहरुलाई जति सुकै कर्णप्रिय, लोकप्रिय, जनप्रिय, स्वाभीमानी इमान्दार, निष्ठावान भनेर पुकारे पनि वास्तविकता ति त्यस्ता हुँदैनन् । अहिले नेपालका राजनितीज्ञहरुले बोकेका संस्कारै गलत छ । यस्ता नेतालाइई भोट दिएर जिताउनु र केही गर्लान् कि भनेर आशा गर्नु हामीले भ्रमको खेती गर्नु मात्र हो । अब देशको माया ममता बोकेका नयाँ पुस्ताका राजनितीज्ञहरुलाई दिप प्रज्वलन गरेर खोज्नुपर्छ । अनि मात्र नयाँ नेपाल बन्छ । शहिदको सपना पुरा हुन्छ ।