एमाओवादीको आन्तरिक टकराव, संविधान निर्माणमा धराप !
586 पटक पढिएको
आपूm र आफ्नो पार्टीलाई जनपक्षीय , क्रान्ति–कारी , अग्रगामी , रुपान्तरणमा विश्वास गर्ने , समानताको पक्षधर र न्यायप्रेमीको जलप लगाएर नथाक्ने पूर्ब माओवादी हालको नेकपा ए– माओवादी दल यतिखेर शीर्ष नेताहरु प्रचण्ड र बाबुरामको पदीय आन्तरिक टकरावले नराम्ररी थिलथिलिएको छ । नेपालका अधिकांश दलहरु गुट—उपगुटकै संयुक्त मोर्चाजस्तो व्यवहारिक रुपमै प्रमाणित भैसकेका छन् । झन् एकपटक राज्यसत्ताको ढोका ढक्ढक्याएर कुर्सीमा विराजमान बन्न पुगेका दल त भावनात्मक रुपमा चिरै चिरा हुँदै मात्र कार्यगत एकतामा गठबन्धितजस्तो बनेर बलै घिस्रिरहेका तमासाका भद्दा तस्वीरहरु हामीसमक्ष तन्दुरुस्त छन् । आदर्श , सिध्दान्त , विचार र मूल्यमान्यताबाट बल्ड्याङ खाएका शीर्षष्थ नामधारी पादस्थ नेताहरुको आन्द्राभुँडी आम जनताले देखिसकेको छ । बोलीमा संघीय लोकतान्त्रिक गणतन्त्रको लोकक–ल्याणकारी एवं परमार्थी सुन्दर राज्यको चिप्लो घसेर मुटुमा स्वार्थका कलङ्कले टाटेपाङ्ग्रे भएका भाङ्ग्रे कुपात्रहरुको अधिनायकवादी मस्कत छताछुल्ल बनाउने कुकामको नग्न दृष्य यतिखेर एमाओवादीमा रहन गएको छ । यसरी दलीय प्रणालीमा प्रवेश गरेका भयकारी भाइरसले कम खराब भनेर चिनिएको लोकतान्त्रिक व्यवस्थामा संकटको साइरन कर्कस र भद्दा स्वरमा गुञ्जिनु किमार्थ शुभ लक्षण भने होइन ।
दस वर्ष जनयुध्दको नाममा नृशंश हत्या चलाएर सत्र हजारको संहारपछि शान्ति प्रकृयामा आएको तत्कालीन माओवादी हालको एमाओवादी दल — मणि थापा , मातृका यादव , मोहन वैद्य हु‘दै अब बाबुरामलाई समेत लखेटेर नाममात्रको ‘ एकीकृत’ —को फुर्को झुन्ड्याउने स्थितिमा पुग्ने लख काट्न थालेका छन् यतिखेर राष्टिय अन्तर्राष्टिय पर्यवेक्षकहरु । एमाओवादी नेता बाबुराम पक्षले संस्थापनलाई हाँक दिँदै झन्नै डेढ दर्जन जिल्लामा समानान्तर समिति गठन गरेर प्रचण्ड गूटको दादागिरीलाई प्रतिवाद गर्न कम्मर कसिरहेको स्थितिमा संस्थापनले धमाधम उनीनिकटका नेतालाई अनुशासनको डण्डा चलाएर भट्टराईको तेजोबध गर्न एक कदम अझ अगाडि बढाएको छ ।यस्तो एकलौटी देखेर ताप्लेजुङका पूर्ब सभासद् सञ्चपाल मादेन भन्छन् ः— जार — जारजस्तो भएर एकै ठाउँमा बस्नुभन्दा विभाजित हुन राम्रो हुन्छ । राजनीति जनतासित भिजेर गर्ने हो , कस्को कति जनता छन् भनेर परीक्षण गर्नका लागि पनि विभाजित हुनु आवश्यक छ । हालै सामाजिक सञ्जालमार्फत बाबुराम यसरी पोखिए —‘ क्षतविक्षत पार्टीलाई पुननिर्माण गर्न खोज्ने र पार्टीभित्र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डण्डा चलाउनुलाई विनाशकाले विपरीत बुध्दिबाहेक के भन्ने ?’ यस भनाइबाट एकीकृत मा–ओवादी विखण्डित हुने दशातिर धँकेलिदै छ भन्ने अनुमान गर्न सकिन्छ ।
हालै प्रचण्डले बाबुराम र आपूmबीच जतिसुकै अन्तरसंघर्ष भए पनि वहाँले पार्टी फुटाउनु हुन्न , हामी स‘गै हुँदामात्र प्रगतिशील संविधान जारी हुनसक्छ । बिसौं वर्षको वहाँ र मबीचको संबन्धको अनु–भवले मलाई पूmट हुन्छ जस्तो लाग्दैन । आन्तरिक विमति समाधान गरी पार्टी एक गराउने हाम्रो प्रयास अन्तिम समयसम्म हुनेछ । त्यति हुँदाहुँदै पनि पार्टी एक गराउन सकिएन भने आन्तरिकभन्दा बाह्य शक्तिको खेल रहेछ भनौंला । माओवादी विभाजन हुनुमा ‘ मूल नेतृत्व’ — लाई कमजोर गराउने सचेत योजना छ । अझै पनि मूल नेतृत्व कमजोर पार्ने प्रयास जारी छन् ।’ प्रचण्डका यी कथनले सकेकम्म बाबुरामलाई फकाएर उपयोग गर्ने यदि त्यो सफल नभए कार्बाही गरेर संगठनबाहिर धँकेल्ने र बाह्य–शक्तिले बाबुरामलाई उचालेको प्रमाणित गर्ने योजना हो कि भन्नेलाई स्पेश दिएको छ । विस्तारै एमाओवादी पुनः विखण्डनको दलदलमा फस्न भरेभोलि भएको कुलक्षण देखिँदै त छैन ? दलतन्त्रप्रेमीहरु चिन्तातुर छन् । बाबुराम प्र.मं. हुँदाका उनका स्वकीय सचिव गङ्गाराम श्रेष्ठ र तत्कालीन प्रेश सल्लाहकार रामरिझन यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेर प्रचण्डले एक धक्का बाबुरामलाई हानेका छन् भने अर्कोतिर स्थायी समितिको बैठकमा लगातार तीनपटक अनुपस्थित भएको हवाला दिँदै टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल स्थायी समितिबाट स्वतः विधानअनु–रुप हटेको प्रचण्डले बताएका छन् । यसरी बाबुरामको विद्रोही मानसिक—तामा तेल थपेर प्रचण्डले पार्टीलाई एकीकृत हैन अनेकीकृत वा विखण्डित माओवादीको सुप्रिमोतिर आपूmलाई खुम्च्याउँदै त छैनन् ?यक्ष प्रश्न मडारिएका छन् ।
शुक्रवार चितवनको कार्यक्रममा प्रचण्डले बाबुराम र मेरो बीचको विवाद दूधभातजस्तै हो , वहाँको माग के हो मसित स्पष्ट राख्न सक्नुभएको छैन भनी चुलिएको विवादलाई हलुका रुपमा कार्यकर्तामाझ पस्किए । केही महिनाअघि विराटनगर संमेलनमा दाहालको राजनीतिक प्रस्तावको विरोध गर्दै सातवूँदे पृथक् विचार बाबुरामले पस्किएका थिए । यतिखेर प्रचण्डनीतिप्रति शङ्का गर्दै बाबुराम सामाजिक सञ्जालमा यसरी पोखिन पुगेका छन् —ः ‘ मूल नेतृत्व संविधान लेखनप्रति उदासीन छ , अर्थात् भाग्दैछ । त्यसैले संविधान लेखनको कार्यनीति पार्टीले तत्काल अघि ल्याउनु पर्छ । जब प्रचण्डले नयाँ बन्ने संविधानमा आफ्ना विचारहरु पात–लिने महसूस गरे , लगत्तै संविधानसभाभित्रका मधेसवादी र जातिवादी सात दलसित तथा संविधानसभा बाहिरका माओवादी , नेकपा एकीकृत , क्रान्तिकारी कमिनिष्ट पार्टी , नेकपामाओवादीको आदि दलसित मोर्चाबन्दी गरेर संसद र सडक दुबै तहबाट काङ्ग्रेस एमालेलाई दवाव दिने रणनीति तय गरेका छन् । प्रचण्ड मोर्चाबन्दीको प्रासङ्गिकतालाई उजागर गर्दै भन्छन् —‘ संविधानसभाभित्रका सात दल र संविधानसभा बाहिरका पाँच दल एक भएनौं भने संविधान बन्दैन । दुबै मोर्चालाई युनिफाइड कमान्डमा स–ञ्चालन गरे संघीय संविधान बन्छ । ’ यसबाट यो बुझिन्छ कि बाबुरामले भनेझैं संविधान निर्माण र पार्टी पुननिर्माणको दायित्वबाट पार्टीलाई भ–गाउन मूल नेतृत्व आशङ्काको घेरामा देखिन्छ । मोर्चाको संयुक्त बैठकमा दोश्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गर्ने माओवादीका नेता वैद्यको विचार यस्तो थियो ‘ दोश्रो संविधानसभाको संरचनामा रुपान्तरणकारी शक्ति छैनन् , यथास्थितिवादी शक्तिको दुइ तिहाइ बहुमत छ , त्यो चुनौती हो ।’ वैद्य कथन र प्रचण्ड मन्थन दुबै नजिकिएको यो दशाले संविधान निर्माण गर्न नदिने सङ्केत स्पष्ट हुन्छ ।
बाबुरामलाई तल पार्ने हिसाबबाट प्रचण्ड ताल न तुलको गठबन्धन गरेर आपूm र आफ्नो गौरवमय भनिने पार्टीलाई रौरवयात्राको तय गर्न त थालिराखेका छैनन् ? उनका हिजोका अनुयायीहरु प्रतिप्रश्न गरिरहेका छन् । पच्चीसौं वर्षसम्म पार्टीभित्र बाबुराम र वैद्यलाई आवश्यकताअनुसार उचा–लेर मूल नेतृत्वको प्राधिकारी आपूmलाई बनाउन खप्पिस छन् प्रचण्ड । बाबुरामको कार्यदिशा र वैद्यको सांगठनिक तागतमा सैसला खेल्ने चतुर खेलाडी प्रचण्ड विस्तारै आफ्नै अनुयायीबाट घेराबन्दीमा पर्दैछन् भनेर बाबुराम पक्षधरहरु भनिरहेका छन् । यसरी दुई शीर्षस्थ नेताहरुको टकरावले एमाओवादी संगठन क्षयीकरणको धरापमा पर्ने स्थिति नजिकिँदै छ । दल प्रणालीप्रति प्रतिबध्द मनहरुलाई यो गाईजात्रासँगैको पूmटपरस्त भाइजात्रा गम्भीर चिन्ताको विषय बनेको छ । चुलिएका महत्वाकाङ्क्षा एम्बुसमा नपार्न हाम्रो आग्रह । यसै क्रममा भर्खरै नेता नारायणकाजीको मध्यस्थ—तामा सम्पन्न शीर्ष दुइ नेताबीच छलफल भएको छ । प्रचण्ड पक्षले एकलौटी रुपमा चलाउ‘दै आएको प्रशिक्षण रोक्ने र बाबुराम पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि बनाउने काम स्थगन गर्ने भनी दुइ पक्षमा द्वन्द्वविराम भएको छ । नेता नारायणकाजीले त खुलस्तै भनिदिए —ः ‘ यही तालले जाने हो भने पार्टी सकिन्छ , अनि विवाद कहॉ गर्ने ? फरक विचारलाई निषेध गर्ने र आन्तरिक लोकतन्त्रका नाममा अराजक हुने दुबै खालका प्रवृत्ति खराब छन् । ’ यो भनाइबाट के बुभ्mन सकिन्छ भने पार्टीभित्र दुबै नेताहरु असान्दर्भिक समयमा टकराब गरेर आपूm र दल समेत ध्वंस पार्न पुगेका छन् । त्यसै गरी संविधान निर्माणको महायज्ञलाई भयकारी एम्बुसमा पार्ने खतरा उत्तिकै बढेको छ ।
अस्तु