शक्तिसञ्चयको पावन पर्व हरितालिका !
608 पटक पढिएको
बद्रीप्रसाद दाहाल
नेपाली घरआँगनमा आउने थुप्रै पर्वमध्ये भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिमा पर्ने हरितालिका (तीज) तमाम महिलाको मात्र महान् पर्व नभएर पुरुषहरुको पनि उपासना तिथि हो । किनकि स्वयं महा–देवले भन्नुभएको छ — ‘ भत्र्रा सह कथां श्रुत्वा भक्तियुक्तेन चेतसा ’ अर्था–त् आफ्ना पतिकासाथ भक्तिले भरिएको चित्तले कथा सुन्नु भनिएको छ । यसबाट बुझिन्छ कि पुरुषवर्ग पनि व्रतमा सामेल हुनुपर्छ । तर लोकजीवन विस्तारै पुरुष शासित हु‘दै जॉदा यो पर्व महिलाप्रधान बन्न पुगेको हो ।
हाम्रा ऋषिमुनिहरुले यही महादेव कथनलाई पुष्टि गर्दै आफ्ना उद्गार यसरी प्रकट गरेका छन् — ‘ एकचक्रो रथो यद्वत् , एकपक्षो यथा खगः । अभार्योऽपि नरस्तद्वत् , अयोग्य ः सर्ब कर्मसु ।। ’मतलब — एक पाङ्ग्राको रथ , एउटामात्र पखेटा भएको चरा , गुड्न र उड्न सक्दैन । त्यसै गरी भार्या–विनाको पति पनि देव कार्य पितृ कार्य सबैमा निकम्मा हुन्छ । यसबाट यो बुझिन्छ कि यस्ता पर्वहरु एउटाको मात्र टॉसो वा दायित्वको कुरो नभएर उभय पक्षकै सामूहिक सहभागिताको सुकार्य हो ।
वास्तवमा यो रुखो , कहालिलाग्दो , भ्रमपूर्ण र जीर्ण संसारलाई सरस , घतलाग्दो , ज्ञानपूर्ण र नवीनतम बनाउने क्षमता नारीकै अलौकिक शक्तिको प्रतिफल हो । त्यसै भएर महान् नीतिज्ञ एवं चिन्तक गर्ग उद्घोष गर्छन् — ‘ यद् गृहे रमते नारी , लक्ष्मीस्तद् गृहवासिनी । देवताः कोटिशो व—त्स , न त्यजन्ति गृहं हि तत् । ’ अर्थात् — जुन घरमा गुणवती महिला हुन्छिन् त्यहाँ लक्ष्मीले बास गर्छिन् । करोडौं देवताहरुले पनि त्यो घर छा–ड्दैनन् । यसबाट हामी बुझ्न सक्छौं कि सिर्जनाकी देवी , ममताकी खानी नारी शक्ति साँच्चै महालक्ष्मी , महासरस्वती र महाकालीकै प्रतीक हुन् ।
व्यासद्वारा रचित भविष्योत्तर पुराणमा हरितालिका अर्थात् तीजको कथा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । स्वयं महादेवले पार्वतीलाई सुनाएको वेदव्यासले सूतजीलाई र सूतजीले नैमिशारण्य क्षेत्रमा बस्ने ८८ हजार ऋषिहरुलाई बताएको आख्यान यस्तो छ । —ः अत्यन्त सुन्दर कैलासको टाकु–रामा कुनै दिन शङ्करलाई गौरीले बिन्ती बिसाउनु भयो । हे नाथ ! सबैका लागि धर्मको सिरीखुरी भएको , थोरै मिहिनेतले ठूलो फल मिल्ने गुप्तभन्दा गुप्त धर्म के होला बताउनु होस् । अनि महादेवले भने — हे प्यारी , भदौ महिनाको शुक्ल पक्षको तृतीया जुन दिन व्रत अनुष्ठान गर्दा सबै किसिम–का पापबाट मुक्त भइन्छ । प्यारी उहिले तिमीले जुन ठूलो व्रत गर्यौ त्यस बारे हिमालयमा यस्तो घटना घटेको थियो । तिमी सानै बालक थियौ तर कठिन घोर तपस्यामा लीन थियौ । यो कष्टपूर्ण तपस्या देखेर तिम्रा बाबाले छोरी बिहे गरेर कसलाई सुम्पिने होला भन्ने चिन्ताले आतुर भै रहेको बेला आकाशमार्गबाट नारदजी विष्णु भगवान्लाई पार्वती माग्न प्रस्ताव लिएर आए । अनि हिमालय पर्वतसित सबै कुरा बताए ।
नारदको प्रस्तावलाई गिरिराजले सहर्ष स्वीकार गरे । हिमालयको यही स्वीकारोक्तिको समाचार लिएर नारद विष्णुकहाँ पुगी सबै वृत्तान्त सुनाए । यता गिरिराज पनि औधी खुसी भएर आफ्नी छोरी पार्व—तीलाई नारदसित भएको ययार्थ बताए । आफ्नो अनुमतिविना विष्णुसित हुन लागेको बिवाहलाई अस्वीकार गरेर पार्वती साथीहरुसित गुनासो पोख्दै आपूm आत्महत्या गर्ने थितिमा पुगेको बताइन् । पार्वतीका साथीहरुले सान्त्वना दिँदै उनलाई विष्णुसित बिहे नगराउन निर्जन वनमा लुकाउन लगे । ‘ आलिभिः हरिता ः यस्मात् , अतः सा हरितालिकाः । ’ अर्थात् आलिभिः भनेको साथीहरुले हरिताः लुकाइएकी वा अपहरण गरेर लगिएकी भन्ने अर्थमा ‘हरितालिका’ यस्तो नाम रहन गएको हो । यसरी महादेवले पार्वती जिज्ञासालाई शान्त बनाएर हरितालिका पर्वमै तिमीले गरेको व्रतबाट हामी पतिपत्नी बन्न पुगेको गोप्यता प्रकट गरे । निर्जन वनमा निराहार गरेर बालुवाको मेरो प्रतीक लिङ्गमा सो दिन उपवास बसेर गरेको पूजा अर्च–नाले तिमीले आफ्नो इच्छाअनुसारको पति पाएकी हौ । त्यसैले यो दिन कुनै पनि नारीले व्रत बसेर महादेवको पूजा आराधना गरेमा मनले चिता–एका कामनाहरु पूर्ण हुन्छन् । त्यसैले पार्वतीसहित मेरो लिङ्ग स्थापना गरेर धेरै किसिमका पूmलहरु , चन्दन , धूपदीप , नैवेद्य , अक्षता आदिले पूजा गर्नु र रातभर जाग्राम रहनुपर्छ । पूजा गर्दा नरिवल , सुपारी , ज्यामिर , बिमिरो , सुन्तला र त्यो ऋतुमा पाइने सबै खालका फलपूmल भगवान्मा चढाउनु पर्छ । अनि यसरी प्रार्थना गर्नु — ‘ नन्दीभृङ्गी महाकाल गणले युक्त हे शान्त शिवजी तपाईंलाई नमस्कार छ । सबै मङ्गलका प्रतीक हे सदा शिव र पार्वती हाम्रो भलाइ गर । यसरी प्रार्थना गरेर अरु नारीहरुलाई लुगाफाटा , गरगहना, दक्षिणा दिनू । यसो गर्दा सबै नराम्रा जानअनजानमा गरेका दुष्कर्महरु नाश हुन्छन् । सात जन्मसम्म उत्तम योनिमा सुखपूर्वक बिताउन पाइन्छ ।
महादेव यो दिनको व्रतलाई उपेक्षा नगर्न यसरी संझाउँछन् — ‘ तृतीयायां तु या नारी , आहारं कुरुते यदि । सप्तजन्म भवेत् वन्ध्या , वै—धव्यं जन्म जन्मनि ।। दारिद्रयम् पुत्रशोकश्च कर्कशा दुःखभागिनी । पच्यते नरके घोरे नोपवासम् करोति या ।। ’ अर्थात् — जुन नारी यो दिन उपवास गर्दिन र खान्छे भने त्यस्ताले सात जन्मसम्म बाँझी हुनुपर्छ , जन्मजन्ममा विधवा बन्नुपर्छ , दरिद्र भैरहन्छे , पुत्रशोक परिरहन्छ । क्रोधिनी भई दुख भोग गर्ने नियति रहन्छ , डरलाग्दो नरकमा बास गर्ने थिति आउँछ । त्यसैले यो पर्वमा नारी गर्व र सौभाग्य लुकेको हु‘दा मातृशक्तिले शक्ति सञ्चय गर्न कै लागि उपवास बस्नुपर्छ । चाँदी , सुन , तामा वा माटाकै भाँडामा अन्न , लत्ताकपडा , दक्षिणा राखेर व्रत पारायणका लागि योग्य ब्राह्मण छानेर दान दिनु व्रतालुहरुले । यसो गर्दा त्यस्ता नारीहरु हरेक जन्म पतिका साथ रमण गरिरहन्छे र अन्तमा सायुज्य मुक्ति – (परमात्मासित लीन हुने मुक्तिको एक अवस्था ) मिल्छ । यो दिनको व्रतोपवासले हजारौं अश्वमेध यज्ञ र सयौं वाजपेय यज्ञ गरेको फल पाउन सकिन्छ । यसरी पार्वतीको जिज्ञासालाई शान्त पारेर पहिलो जन्ममा उनले गरेको व्रतको प्रभावलाई सदाशिव भगवान्ले बताएर नारी स्वतन्त्रता र मर्यादाको गूढ रहस्य खोतलिदिएको प्रसङ्ग छ तीजको कथामा ।
पर्वतराजकी छोरीको चाहना यसरी पूरा भएकैले अविवाहित नारीले राम्रो चरित्रको पति पाउन र विवाहितहरुले पतिको आरोग्य र आफ्नो सौभाग्यको स्थीरताको लागि तीज पर्वलाई आदरसाथ मान्दछन् । तर बालिका , वृध्दा , बिरामीहरुलाई भने व्रतको अनिवार्यता छैन । व्रतले कमजोर होइन्छ भनेरै तीजको अघिल्लो दिन सात्विक भोजनका गरिष्ठ खानाहरु खाने चलन छ । राति १२ बजे अझ विशेष खानाको चाँजोपाँजो मिलाइएको हुन्छ ।
अस्तु