सञ्चार सम्पर्क हुननसक्दा अकल्पनीय घटना
594 पटक पढिएको
कुमार तामाङ
मेरो घर धादिङ कटुन्जे हो । म स्नातक उत्तीर्ण छु । विगत ३ वर्षदेखि टे«किङमा भरिया पेसा गर्दै आएको छु । गत ८ असोजमा ३ विदेशीसहित १६ जनाको टोली टे«किङमा थियौं । हाम्रो समूहमा रहेका तीन विदेशी स्विट्जरल्यान्डका नागरिक हुन् । अरू सबै नेपाली थियौं ।
काठमाडौंको ठमेलस्थित डेस्टिनेसन नेपाल ट्रेक एन्ड एक्पिडिसनमार्फत ३४ दिने सो टे«किङ राउन्ड धौलागिरिदेखि सुरु भएको थियो । मुस्ताङको मार्फाबाट स्याङ्ताङ, फलेक, ताङ्दा, छार्काभोट, लोमान्थाङ निस्केर डोल्पा हुँदै पुनः जोमसोम फर्किने कार्यक्रम थियो । १२ दिनसम्म राउन्ड धौलागिरि सकेर हाम्रो टोली मुस्ताङ पुगेको थियो ।
एक्लेभट्टीसम्म गाडी जाँदो रहेछ । त्यसपछि पैदलयात्रा सुरु भयो । स्याङताङ गाउँ पुगियो । माथिल्लो देउराली काटेर खोल्सामा त्यस रात क्याम्पिङ गरियो । तर, भोलिपल्ट बिहान उठ्दा हामीहरू छक्क प¥यौं । एक्कासि मौसम परिवर्तन भयो । हल्का हिउँ पर्दै गयो । बेमौसममा पनि एक्कासि हिउँ परेको देख्दा सबैजनाले आश्चर्य प्रकट गरे । बिस्तारै हिउँ बाक्लिँदै गयो । अगाडि बाटो देख्न सकिएन । अगाडि बढ्न नसकेपछि हामीहरू त्यहीँ बस्यांै । त्यस दिनको बेलुका हिउँपहिरो आयो । हुरीबतास चल्यो ।
हामीहरू टेन्ट समातेर बसिरहेका थियौं । पुनः पहिरो आयो । हामी १६ जना दुई टेन्टमा गुजुमुच्च थियौं । सबैतिर हिउँ नै हिउँले ढाकिएको थियो । केही साथी भने मौसम फेरिएला भन्ने आशामा थिए । मेरो खुट्टामा जुत्ता फुस्किसकेको थियो । एक विदेशी साथीको घाँटी र ढाडमा नराम्ररी हिउँले असर गरेको रहेछ । उसलाई बचाउन खोज्यौं, सकेनौं । नजिकैको गेस्टको टेन्टमा स¥यांै, उनीहरूले सहयोग गरे । पछि मसहित तीनजनाले ढुंगाको कापमा छेलिएर रात बितायौं ।
हिउँपहिरो रोकिने कुरा थिएन । जताजतैसम्म देखियो । साथीहरू पुरिए । हाम्रो टिममा रहेका एकजना निमा नाम गरेका नेपाली कुक र दुई विदेशीको मृत्यु भयो । अरू साथीहरू बेपत्ता भए । तलतिर गाउँमा फर्कियौं । अघिल्लो दिन जाँदा तीन घन्टामा पुगिएको सो ठाउँबाट फर्किंदा दिनभरि लाग्यो । बाटो कहीँ देखिने कुरा थिएन । भोकतिर्खासहित थकानले लखतरान थियौं । खानेकुरा केही थिएन । क्याम्पेन गु्रप भेटायौं । पछि जोमसोमको टावरले मोबाइल टिप्यो । हामीहरूले टे«किङमा फोन सम्पर्क ग¥यौं । शुक्रबार बिहान न्युजिल्यान्डका दुईजनालाई रेस्क्यु गर्न गएको श्रीको हेलिकोप्टरमा हामी चारजना पोखरा फर्कियौं । हाम्रो टिममा रहेकामध्ये एकजना स्विस नागरिक अल्फ्रेड लेर्च (५३) लाई म चिन्छु । उनीसहित अन्य डिस्चार्ज भइसके । मेरो आँखामा हिउँले खाएकाले पट्टी बाँधिएको छ । बायाँ हातमा असर छ । धादिङमा परिवारलाई खबर गरेको छु । मलाई भेट्न आउँदै छन् ।
वास्तवमा हामीहरूसँग सञ्चार सम्पर्क हुन नसक्दा यस्तो अकल्पनीय घटना हुन पुगेको हो । टे«किङ कम्पनीहरूले टे«किङमा जानेहरूका लागि आवश्यक सामानहरू उपलब्ध गराउन सकेका छैनन् । म त धन्य बाँचे । तर, थुप्रै साथीको मृत्यु भएको र गम्भीर घाइते भएको सुनेको छु । यो दुःखद कुरा हो । यसबारे सरकार तथा सम्बन्धित निकायले आगामी दिनमा यस्तो घटनामा क्षति न्यूनीकरण गर्न बेलैमा सोच्नु आवश्यक छ । (शुक्रबार मुस्ताङबाट हेलिकोप्टरमार्फत उद्दार गरी पोखरास्थित चरक अस्पतालमा उपचारका लागि ल्याइएका घाइते तामाङसँग विजय नेपालले गरेको कुराकानी) राजधानी दैनिकवाट