बेरोजगारलाई नेपाल मै रोजगार (Job in Nepal)
971 पटक पढिएको
स्वदेशमारोजगारको समस्याले गर्दा विदेश जानेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । देशमा युवा जनशत्तिलाई ध्यानमा राखेर सरकार पक्षवाट रोजगारका निम्ति केहि पहल हुन नसकेका कारण युवा जनशक्ति विदेशीने क्रम तिब्र रहेको हाम्रै घर आगनमा बढ्दै छ । सरकार र अरुको मात्रै मुख ताकेर बस्नु भन्दा आउनुहोस हामिसंगै मिलेर केहि गरौं भन्ने मनसाएले यो समुहले नेपालमै रोजगारको व्यवस्था गर्दै आएको छ ।जागिरको खोजीमा हिड्दा हिड्दै चार जोर जुत्ता फाटिसके, दुख त कति कति, नेपालमा कामै छैन, अब एमआरपी बनाइन्छ, यस्तै–यस्तैखालका वाक्यांश जागिरको खोजीमा भौतारिदा–भौतारिदा वाक्क भएका लाखौशिक्षित/अशिक्षित बेरोजगार युवायुवतीका हुन्। अबका दिनमा यस्ता समस्या नेपाली युवायुवतीले भोग्न नपरोस भन्ने उदेश्यले बेरोजगारलाई नेपाल मै रोजगार,
कम्पनीलाई कामदार | भन्ने नारा सहित बालाजु स्थित बैकल्पिक मेनपावर सप्लायर्स नामक एक नेपाली मेनपावर खुलेको छ |यो मेनपावरले देशको बेरोजगारी समस्याबाट थकित भइ बसेका नेपाली युवायुवती तथा अन्य जनशक्तिहरुलाई आफनो सिप,क्षमता र कार्य अनुभबको आधारमा खोजे/रोजे अनुसारको रोजगार दिलाउदै आयको छ ।
समूहका प्रमुख रामजी लामिछाने नेपालमा नेपाली मेनपावरको धारणा (कन्सेप्ट) ल्याउने पहिलो व्यक्ति हुन् | हाल नेपालमा मेनपावर कम्पनीले विदेश पठाउने काम गर्छन् | तर यो मेनपावरले नेपाल मै रोजगार र कामदारको व्यबस्था गर्दै आएको छ | एका तिर कम्पनीका बोशहरु भन्छन् नेपालमा काम गर्ने कर्मचारी छैनन्, कति रकम खर्च गरेर पत्र पत्रिकामा कर्मचारी चाहियो भनेर बिज्ञापन छाप्यो कर्मचारीको लाइन त लामै हुन्छ तर दक्ष, अनुभबी र काममा कर्तव्यनिष्ठ कामदार नपाईने समस्या छ, कामप्रतिको दृष्टिकोण – कामलाई सानो र ठूलो भनेर छुट्याउने बढी छ ।अर्कोमहत्वपूर्ण पक्ष भनेको कामप्रतिको सम्मान हो । बाटोहरुमा जता ततैब्रोसर नै ब्रोसरभेटिन्छन्, भन्छन् हामी कति चोटी ब्रोसर बाड्न गयौ तर बेरोजगार पाइदैन भन्छन् |यस्ताअवास्तविक कुराले कलेज पढ्दै गर्दा जन्माएको अति नै महवाकांक्षी सोचाइलेपछि वास्तबिक धरातलमा कामलाई सानो र ठूलो भनी विभाजन गर्ने मात्र होइन, सानो काम गर्दा लाज लाग्ने खालको मानसिकताको जन्म भएको पाइन्छ। अर्कातिर बेरोजगारीहरु भन्छन् नेपालमा काम नै छैन अब पासपोर्ट बनाएर विदेश जानु पर्छ यसमा महत्वपूर्ण कुरा चाहिसमस्या बेरोजगारी कि बेरोजगारहरूको भन्ने छ । हाम्रो देशमा परीक्षामुखीसुगारटाइमा किताब (प्रायः गेस पेपर) का ठेलीलाई परीक्षाका दिनसम्मदिमागमा अटेसमटेस पार्दै ठेलठाल पार्ने तर परीक्षा सकिएको दिनसगैबिस्तारै मेटिदै पनि जान्छ । हो, हामीलाई किताब घोकेरै भए पनि बढी अंकहासिल गर्नुपर्छ भन्ने त सिकाइन्छ तर पढेका कुरा कसरी व्यवहारमा प्रयोगहुन्छ? भनेर न त कसैले सिकाउछ, न त हामी आफैँ प्रयत्न गर्छौं। कोरा किताबीज्ञानले रोजगारीका लागि लिखित परीक्षामा बढी अंक ल्याउन त सकिएला, तरअन्तर्वार्तामा शून्य हात पर्ने सम्भावना नकार्न सकिन्न। त्यसैले, सम्बन्धित क्षेत्रको राम्रो ज्ञान हुदाहुदै पनि काम गर्नलायकको शक्ति बन्न सकिरहेका छैनन् ।