जाजरकोटमा भएको बस दुर्घटनमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

834 पटक पढिएको

४ मंसिर २०७१, बिहीबार १५:५१ सम्पादक: धादिङ न्यूज

जाजरकोट,४ मङ्सिर–जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सदरमुकामबाट सुर्खेतको राकमका लागि गएको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । प्रहरीले दिएको जानकारीअनुसार बस भेरी नदीमा खसेर दुर्घटनामा परेको थियो । अन्य १० जना घाइतेको उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाइएको छ । ना३ख १४०८ नम्बरको यात्रुबाहक बस दुर्घटना परेको प्रहरीले बताएको छ । घाइतेहरुमा जाजरकोट डाँडागाउँ–७ का लक्ष्मी बुढा, तिलक पुन, गोपाल रोकाय, दाग पञ्चकुलेका भीमबहादुर चन्द, बाँके टिटरियका पद्मराज पुरी, भुर–८ जाजरकोटका दीपक शाही, बाँकेकै विमला रोकाय, सुर्खेत जहरेका मोतीलाल डाँगी, जाजरकोट खलङ्गा–३ का उर्मिला ओली र जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय सहयोगी देवबहादुर थापा रहेका छन् । बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ । मध्यपश्चिम बस व्यवसायी समितिको बस दुर्घटनामा परेको हो ।