को हुन त जनता ?
816 पटक पढिएको
– कपिलदेव सापकोटा (प्रकाश )
तिमी ढाँटिरहेका छौं,छलाई रहेका छौं, हामी भने पत्याइरहेका छौं । हाम्रा नाममा तिमीले जति लुटे पनि हुन्छ, अशान्तिका नाममा जातिय भ्रम नै फैलाएर झुटको खेती गरिरहेका छौं । जति भुटे पनि हुन्छ, हामी पत्याइरहेका छौं,किनकी हामी जनता हौं । रक्षाका निम्ति राखिएका गोलिहरु निसानी बनिरहेका छन् । बर्षो देखि हाम्रै काँध राखेर गोलि पड्काइ रहेका छौं , शत्रुमाथि लगातार ।
यो राष्ट्र तिम्रो यो शासन तिम्रो,सत्ता तिम्रो अनि इच्छा,आकांक्षा र अनुकम्पा पनि तिम्रै त हो । यति धेरै नाम र काम पनि त तिम्रै हो । तिमी बारम्बार भेष बदलेर आउने गर्दछौं हाम्रो सामु । कहिले भात गाउँले टोपी लगाएर आयौं,कहिले पन्जापी फेता गुथेर आयौं त कहिले या वडेमानको पेट बनाएर आयौं, कहिले विदेशी सहयोगले थिचिएर गुहार मागी र¥यौ । कहिले केश मुण्डन गरेर पो आयो(क्या कार्टुन )जस्तै तिमी हिजो मात्र पत्रिकामा गोही आँशु झार्दे आयौं । हामी त अल्मलमा प¥यौ । तिम्रो यो बहुरुपी शिक्षा हामीलाई नबाड है , आफै अप्ठयारोमा पर्लाउ । त आज बजारमा हाम्रै यी इमानहरु धरौटी राखेर आफ्नो स्वार्थमा जलमल गरिरहेका छौ रे । तिमी हाम्र्रै भलो र भलाइका लागि भनेर हामीलाई नै बेचिरहेका छौं रे ।
हामी त युगौं देखि मुकदर्शक बाहेक के नै भूमिकामा छौं र । हरेक पल्टको आन्दोलनमा नसामा डुवाएर आँखा्मा पट्टि बाँधेर अगाडि सारिन्छ । शहिदको संज्ञा दिइन्छ । अनि भनिन्छ यो जित जनताका ! यो स्वतन्त्रता जनताको ! के तिमीले भनेको जनता हामी नै हौं त ? यदि हो भने खैं कहाँ भयो हाम्रा जित ? कहिले भयो हाम्रो जित ? हामीले पाएको स्वतन्त्रता यही हो ? खै त हाम्रो संविधान ? हामी ! हामी हरेक युग–युगमा तिमीले तोकेको मूल्यमा लिलाम बिक्री भइरहेका छौं ? कुनै एउटा चुरोट जस्तै गरी हामीलाई सल्काइ रहेछन् हामीलाई उडाइ रहेछन धुवाँको तरङ्घसंगै । अनि विभिन्न बहानामा भनिररहेका छन्– यी सबै तिम्रा लागि अर्थात जनताकै लागि त हो । हामीले थाहा पाइसकेका छौं तिम्रा यो चर्तिकला । तिमी त हामीलाई दाउमा लगाएर आफ्नो राजनीतिको पासा जितिरहेका छौं । तिमी जालझेल गरेर पैसा बाँडेर बुथ कब्जा गरेर चुनाव जितिरहेका छौं तर नाम भने दिन्छौं जनताको ! हामीले मतदानमा भाग नलिए पनि हाम्रो नाममा भोट खसिसकेको हुन्छ । अनि चुनाव जित्छौं शहर भरी फूल र अविरले रंगीन पुग्छ । अनि नारा लगाउँछौं यो जीत कसको ? चम्चेहरु समवेत स्वरमा गर्जिरहन्छन् जनताको ! विचरा जनता भारी बोकी बोकी पेट पाल्न धौं–धौं भएको छन् । कामको अभावले मुग्लान पस्नु परेको छ । सुत्केरी श्रीमतीले पेट भरी फाँडो खान पाएकी छैन बच्चाहरु नाङगै छन् । तर पनि बाध्य छौं साक्षी बन्न । तिमी यसलाई नै विजयको स्वागत मान्छौं भने मान ! तर एक दिन अनुचर भीडले फलाको गर्नेछ मुर्दाबाद ! हामी आफ्नै आँँँखा अगाडि यति छिटो र यति धेरै परिवर्तनलाई रमिते बिम्ब बनाई हेरेर आफैलाई धिक्कारी रहेका छौं । एउटा तिमीले बुझ्नै पनै कुरा कसैले किनेका हामी १७ शताब्दीका दाश होइनौं हामी तिमीले भनेको जस्तै मुर्ख जनता पनि होइनौं, याद राख ।
हुन त हामीलाई भगवान भन्दै जनार्जन भन्दै बर्षो देखी हाम्रै नाममा खाँदै आइरहेका छौं । १७ सालमा बहुदल खाए जनताको नाममा ३२ बर्ष सम्म दुवाली थुन्यो पञ्चेले जनताकै नाममा ३६ सालमा जनमत संग्रह भयो जनताकै नाममा अनि फेरी सोसक बर्गले मागी खाने बहुदलबाद भि¥याए ४६ सालमा यो पनि जनताकै नाममा । ०६१ सालमा राजा ज्ञनेन्द्रले बहुदलबादलार्ई कु’गरे यो पनि जनताकै नाममा । १ दर्शक जनयुद्ध भयो जनताकै नाममा फेरी जनआन्दोलन भयो लोकतन्त्र र गणतन्त्रको नाममा नयाँ नेपालको घोषणा गरे जनताकै नाममा । यति गरेर मात्र पुगेन फेरी संविधान सभाको चुनाव भयो यो पनि जनताकै नाममा ।
६०१ जना सभासद चुनिए जनताकै नाममा । अब पालै पालो गरी सत्ता हस्तान्तरण गरे । यो पनि त जनताकै नाममा के साँच्चै संविधान बन्छ त । संविधान बन्न सकेन साँच्चै जनताको नाममा नयाँ नेपालको नाममा के–के घोषणा गरे । ती सबै जनताकै नाममा हुदाँ हुदाँ कुनै पनि कामै नगरी ९ अर्ब स्वाहा ! यो पनि जनताकै नाममा । खास जनता चाँहि को हो त ? यदि सडकमा हिड्ने जनता हो भने १७ सालकै नियति भोगिरहेछ । ऊ आज पनि दश नङ्घगा खियाएर जिवन चलाउन मुस्किल परेको अबस्था छ । उसको जीवन स्थरमा कुनै परिवर्तन आएको छैन । तिमी जनताको नाममा बन्द हडताल गछौं त्यस रात ती जनताको परिवार भोकै सुत्नु पर्छ । अब तिमी आफै भन यी सारा नाम धारणा गर्ने यी सारा अधिकार उपभोग गर्ने,तिम्रा जनता कहाँ बसेको छ त ? यी अनेकौ काल खण्डहरुमा गन्तब्यहीन पीडा सहेर पनि एउटा झिनो आसाको दियोमा बाँचेका यहाँका मान्छे कहिल्यै पनि जनता हुन पाएनन ।