पढेर के पाइन्छ – ज्याला गरे खान पाइन्छ

941 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Image
केशव अधिकारी
नौविसे /धादिङ जिल्लाका विकटका वस्तिमा बस्दै आएका चेपाङले मात्र होइन सुगम मानिने राजमार्गमै बस्दै आएका पनि आधारभुत अधिकार उपभोग गर्नवाट बञ्चित रहंदै आएका छन । आफ्नो अधिकार केहो र अधिकार पाउन के गर्नुपर्छ भने चेतना नभएका कारण देशका ६७ जिल्ल्ाालाई राजधानीसंग जोड्ने दर्ुइवटा मुख्य लोकमार्गको किनारमा रहेको एउटा चेपाङवस्ति बर्षौदेखि नागरिकता, शिक्षा,स्वास्थ्य र आधारभुत विकासका अधिकार उपभोग गर्नवाट बञ्चित रहेको छ ।
धादिङ जिल्लामा पर्ने नौविसे गाविसको वडा नम्बर ९ मा रहेको चेपाङ गाउंमा १४ परिवार चेपाङहरु बस्दै आईरहेका छन । यहांका चेपाङहरु अधिकांश सुकुम्वासी रहेका छन । पुख्र्यौली घर धादिङ र मकवानपुर जिल्लाको विकटको चेपाङबस्ति भएपनि बर्षौअघि देखि नौविसेमा बस्दै आईरहेका उनिहरुमध्ये धेरैसंग नेपाली नागरिकताको प्रमाण पत्र समेत छैन । चेपाङ गाउं काठमाण्डौ हेटौडा जोड्ने त्रिभुवन राजपथवाट एक सय मिटरमा र नौविसे पोखरा जोड्ने पृथ्वीराजमार्गवाट एक किलोमिटरको दुरीमा रहेको छ । श्रीमानको गत बर्षमृत्युभएपछि विवाह दर्ता र नागरिकता  नभएका कारण असहाय भत्ता लिन नपाएकी सात सन्तानकी आमा बिष्णुमाया चेपाङलाई घर व्यवहार चलाउन यतिबेला निकै सकस परेको छ । कमाएर खुवाउने व्यक्तिको मृत्युभएपछि सात सन्तानको जिम्म्ाा बिष्णुमायाको कांधमा आईपरेपनि उनिसंग नेपाली नागरिक भएको प्रमाण दिने कुनै कागजात नभएका कारण हर्ुर्केका छोरा छोरीले पनि नागरिकता बनाउन पाएका छैनन ।
बाबुआमाको नागरिकता नभएकै कारण बिद्यालय जाने उमेरका चेपाङ वालवालिका बिद्यालय भर्ना हुन समेत पाएका छैनन । भर्नाका लागि बिद्यालयले जन्मदर्ताको प्रमाण पत्र खोज्ने भएपछि चेपाङ अभिभावकले छोराछोरीलाई बिद्यालय होइन,गाउं नजिकैको नौविसे वजारका होटलमा वालश्रमिकका रुपमा काम गराउन पठाउने गरेका छन । पढ्न जांदा दिनदिनै खर्च लाग्छ काम गर्न गयो भने दिन दिनै ज्याला पाइन्छ । पढेर कमाई गर्न सकिंदैन,ज्यालागर्न गयो भने खानलाई दुःख हुंदैन १५ बषिर्य दिलवहादुर चेपाङको भनाई हो । चेपाङबस्तिको नजिकै कालिदेवी निम्न मावि र दर्ुइ किलोमिटर पर मछिन्द्र उच्च्ा मावि संचालनमा रहेका छन ।
पढेर पनि रोजगारीका लागि शक्तिकेन्द्र धाउनुपर्ने तितो यथार्थलाई यहांका चेपाङले बुझेको जस्तो देखिएपनि उनिहरुमा छोराछोरीलाई पढाउनर्ुपर्छ र आफ्नो अधिकारका लागि आंफै सक्रिय हुनर्ुपर्छ भन्ने चेतना नजागेका कारण राजधानीसंग सिमाना जोडिएको नौविसे गाविसमै यस्तो बिकराल समस्या रहेको नौविसे गाविसका सचिव टिकाराम अधिकारी बताउनुहुन्छ ।
चेपाङबस्तिबाट नौविसे गाविसको कार्यालय खानीखोला पुग्न दश मिनेट हिंडदा पुगिने भएपनि चेपाङहरु आफ्नो समस्या राख्न कुनै दिन गाविस कार्यालय नआएको अधिकारीले वताउनुभयो । सोह्र बर्षदेखि नौविसे गाविस सचिवको जिम्मेवारी सम्हाली ररहनुभएका अधिकारीका अनुसार चेपाङहरु आफुलाई परेको समस्या कसैलाई बताउन चाहंदैनन । आंफुसंग नागरिकता नभएकै कारण घरमाथिवाट गएको विजुली वाल्नका लागि मिटर वक्स राख्न समेत नपाएको लालवहादुर चेपाङले वताए ।
नौविसे गाविसको  चेपाङ गाउंमा १४ घरधुरी चेपाङ परिवारको वसोवास रहेको छ भने गाउंभरीको जनसंख्या ७५ जना रहेको छ । ७५ जनामा ३५ जना महिला रहेका छन । एकिकृत सामुदायिक विकास अभियान संस्थाले युरोपियन युनियनको सहयोगमा धादिङ जिल्लामा संचालन गरिरहेको नेपालको स्थानीय तहमा मानवअधिकार सम्मान,सुनिश्चितता तथा पर््रवर्द्धन कार्यक्रम अर्न्तगत तयार पारेको नौविसे गाविसको चेपाङहरुको बस्तुस्थिती र्सर्वेक्षण प्रतिवेदनका अनुसार गाउंभरीमा १२ जना संग नागरिकता रहेको छ । ३१ जना नागरिकता विहिन अवस्थामा रहेका छन । नागरिकताका लागि चाहिने कागजात जुटाउन नसकेका कारण ५ जनाले नागरिकता वनाउन पाएका छैनन भने श्रीमानले नमानेका कारण दर्ुइ जना महिलाले चाहेर पनि नागरिकता वनाउन पाएका छैनन त्यसैगरी ११ जनाले नागरिकता भनेको के हो र किन चाहिन्छ भन्न्ो महत्व थाहा नपाएको र्सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नागरिकता मात्र होइन चेपाङ गाउंमा विवाह तथा जन्म दर्ता गर्नेहरुको संख्या पनि निकै कम रहेको छ । गाउंभरीका ३ दम्पतीले विवाह दर्ता गराएका छन भने १६ दम्पतिले विवाह दर्ता गराएका छैनन । त्यसैगरी गाउंका ६ जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन । यस अघि कहिल्यै कुनै चुनावमा भोट नहालेका यहांका चेपाङले मात्र होइन स्थानीय राजनैतिक दलहरुले समेत चेपाङहरुको मतदाता नामावली दर्ताका लागि कुनै चासो दिने गरेका छैनन ।
नेपाली नागरिक भएर पनि आधारभुत अधिकार पाउनबाट बञ्चित रहेका नौविसे गाविसका चेपाङहरुको मानवअधिकारको संरक्षणका लागि स्थानीयतहमा अभियान चलाउनुपर्ने नेपाल मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णप्रसाद दहाल वताउंछन । नेपाल चेपाङ संघ धादिङका जिल्ल्ाा सदस्य समेत रहेका रामकुमार चेपाङ बस्तिका एक मात्र सरकारी जागिरे रहेका छन । जिल्ला वन कार्यालयमा बन रक्षक पदमा कार्यरत रामकुमारका अनुसार नौविसेका चेपाङहरुको मुख्य चुनौति भनेको उनिहरुको स्थायी वसोवास नै हो । आफ्नो जग्गा जमिन नभएकाले र्सार्वजनिक तथा अर्काको जग्ग्ाामा बस्दै आईरहेका चेपाङहरुलाई स्थायी वसोवासको व्यवस्था मिलाउन सके  उनिहरुको धेरै समस्या आंफै समाधान हुंदै जाने रामकुमारको भनाई छ ।
भुमिहिन भएका कारण नौविसेका चेपाङहरुले जिवनयापनका लागि ज्यालामजदुरी गर्नु उनिहरुको वाध्यता भएपनि नागरिकता, शिक्षा, स्वास्थ्य,खानेपानी तथा आधारभुत विकासको अवसरवाट बञ्चित हुनु दुःखद पक्ष भएकोले उनिहरुको समस्या समाधानका लागि सरकारी निकायले बिशेष पहल गर्नुपर्ने नेकपा एमालेका जिल्ला सदस्य रामराजा पाण्डेको सुझाव छ ।