अनुसन्धानका कर्मचारी मिठाराम एक लाख घुससहित रंगेहात पक्राउ

813 पटक पढिएको

११ फाल्गुन २०७१, सोमबार ०७:५५ सम्पादक: धादिङ न्यूज

Hetauda_26568 (1)काठमाडौं : हेटौडास्थित राष्ट्रिय अनुसन्धान विभागको कार्यलयमा कार्यरत अनुसन्धान सहायक मिठाराम भट्टराई एक लाख घुससहित पक्राउ परेका छन्  ।भट्टराई केही महिना अघि सम्म धादिङमा कार्यरत थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि हिराशतमा राखिएको छ ।अनुसन्धान सहायक पदमा नाम निकाली दिने भनि सेवाग्राहीसंग घुस माग गरेको भन्ने उजुरी एवं सुचनाको आधारमा आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटिई गएको टोलीले एक लाख घुस बरामद गरी भट्टराईलाई रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तीमा उल्लेख छ।