सन्दर्भ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस र नेपाली महिलाको अवस्था
1642 पटक पढिएको
अधिबक्ता – तोलाकुमारी पाठक
“महिला सशक्तिकरण नै मानविय सशक्तिकरणको तस्विर हो भन्ने अन्र्तराष्ट्रिय नारा र लैङ्गिक मैत्रि संविधान, महिला हिंसाको निदान” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष .१०५ औ अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवस मनाइरहेको छ । यो दिवस विश्वमा नै भव्य कार्यक्रमहरुका साथ मनाइरहेको छ । दश दशक अगाडीबाट समानता, न्याय, शान्ति र विकासको लागि प्रारम्भ गरेको अभियानको स्मरण गर्दै समयको गतिसंगै महिलाहरुको हक अधिकार सुनिश्चत तथा कार्यान्वयन का लागि अवसरको रुपमा मनाउदै आएको यो दिनलाई समग्र महिलाहरुले विशेष महत्वका रुपमा लिने गरिन्छ । यो महिलाहरुको एक महत्वपूर्ण चाडको रुपमा महिलाहरुले मनाइरहेको छन् । फ्रान्सको राज्यक्रान्तिको समयमा ग्रीसकी महिला लाइसिसट्राटले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडतालबाट शुरु भएको मानिएको महिला आन्दोलन, महिला र पुरुष बिच भएका आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक असमानतालाई कम गर्ने सन्दर्भमा सर्बप्रथम सन् १९१० मार्च ८ मा विश्वका केहि महिलाहरु संगठित रुपमा थालनी गरेको प्रयासलाई कदर गर्दै अन्तराष्टिय श्रमिक महिला दिवसको रुपमा प्रत्येक वर्ष मार्च ८ को दिनलाई मनाउन शुरु गरीएको पाईन्छ ।
समान कामको समान ज्याला पाउनु पर्ने, महिलाहरुको कामको निश्चित समय निर्धारण गर्नुपर्ने, घरेलु कामको उचित मुल्य हुनुपर्ने, लगायतका धेरै मागहरु अघि सारेर महिलाहरुले आफ्नो अधिकारका लागि संघर्षको शुरुवात गरेको थिए । आज सम्म आउदा पनि महिलाहरुको मुद्धाहरु जस्ताको तस्तै रहेका छन् । अहिले हाम्रा महिलाहरुले त्यहि समयमा शुरु गरेको समानता लगायतको महिला अधिकारको लागि लडिरहेको अवस्था छ ।
आज पनि महिलाहरुले आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक रुपमा विद्यमान रहेका अन्याय, असमानता र विभेदहरु जस्ताको भोग्नु परेको अवस्था छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा नागरीकका आधारभूत अधिकारको परिभाषा भित्र रहेको अवस्था छ । नेपालको अन्तरीम संविधान २०६३ ले मौलिक अधिकार अनतरगत महिलाहरुको अधिकारको सुनिश्चतता त गरेको अवस्था छ तर कार्यान्वययनमा अझै समस्या छ ।
लेैंङ्गिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक असमानताको अन्त गर्न अन्तर्राष्ट्रि«य स्तरमा भएका प्रयासहरुमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि –१९७९, अन्तराष्ट्रिय विश्व महिला सम्मेलनहरु पहिलो सम्मेलन– मेक्सिको १९७५, दोस्रो सम्मेलन कोपनहेगन १९८०, तेस्रो नैरोवी १९८५ र चौथो वेइजिङ १९९५,(यस चौथो वेइजिङ सम्मेलनले १२ वटा सरोकारका क्षेत्र निर्धारण गरेको छ । संयुक्त राष्टसंघको सुरक्षा परिषद्को निर्णय नं १३२५ र १८२० रहेका छन् । त्यस्तै राष्ट्रि«य स्तरमा महिला हिंसा नियन्त्रणका लागि भएका कानुनी प्रवधानहरुमा नेपालको अन्तरिम संविधान २०६३ मा मौलिक हकको रुपमा महिला अधिकार अन्तर्राष्ट्रि«य महासन्धि र मानवअधिकारको विश्वव्यापी घोषण पत्र १९४८, नेपालको सन्धि ऐन २०४७, मानव बेचखिन तथा ओसार पसार नियन्त्रण ऐन २०६४, नागरीकता ऐन २०६३, बैदेशिक रोजगारी ऐन २०६४, लेैंङ्गिक समानता कायम गर्न केही नेपाल ऐन सशोधन २०६३ं रहेका छन् । घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ जस्ता ऐन हरु रहेको छन् । यि कानुनहरुले त महिलाहरुको अधिकार कागजमा मात्र सुनिश्चित गरेको अवस्था छ कार्यान्वयनमा भने जटिलता देखिएको छ ।
भएका अधिकारहरुलाई महिलाहरुले निर्वाध रुपमा उपभोग गर्न पाएका छैनन् । अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहदा हाम्रो धादिङ जिल्लामा महिलाहरुको सवालहरु हेर्ने हो भने दिनानुदिन वढ्दै गई रहेको अवस्था छ ।
जिल्लामा महिला हिंसाका घटनाहरु धेरै हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार आ.व. २०७०÷२०७१ मा १३८ वटा घरेलु हिंसा का घटनाहरु दर्ता भएको पाईन्छ । कतिपय घटनाहरु गाविस, गाँउ, घर जस्ता स्थानीय निकायहरुमा नै मिलापत्र हुने गरेका पाईन्छ । १६ वटा जजक र ६ वटा जजकको प्रयासका घटनाहरु दर्ता भएका छन् । यो त वाहिर आएका घटना मात्र हुन भने वाहिर ल्याउदा आफैलाई अप्ठयारो पर्छ भनेर घरभित्रै सहेर वसिरहेको धेरै घटनाहरु रहेको छन् ।
धादिङ जिल्लामा चेपाग समुदायमा बालविवाह धेरै छ । यसलाई संस्कार हो भन्ने चलन छ भने अर्को शिक्षा को कमी पनि छ । यसमा पनि सरोकार वाला निकायहरुको ध्यान गएको पाईदैन ।
वैदेशिक रोजगारीमा जादा महिलाहरु हराईरहेका, फर्किएर आएको महिलाहरुमा मानसिक रुपमा नै विक्षिप्त भएका घटनाहरु धेरै छन् धादिङबाट आ.व २०७१ सालमा ५७४ जना महिलाहरु खाडी मुलुकमा गएको देखिन्छ । कतिपय महिलाहरु हराईरहेको छ कहाँ छन के गर्दै छन् भन्ने कुराको एकिन छैन ।
यसैगरी जिल्लामा सम्बन्धविच्छेदका घटनाहरु दिनप्रतिदिन वढदो मात्रामा छ । जिल्ला अदालत धादिङमा भएका घटनाहरु लाई हेर्दा विगत पाँच वर्षको हेर्दा विकराल लाग्दो रहेको छ । जिल्ला आ.व. वर्ष २०६४÷२०६५ मा १२ वटा, २०६५÷२०६६ मा १७ वटा २०६६÷२०६७ मा ३० वटा, २०६७÷२०६८ मा २९ वटा, २०६८÷२०६९ मा ५१ वटा, २०७०÷२०७१ ८४ वटा र आ.व. २०७१ ÷२०७२ माघ महिना सम्म मा ५४ वटा संम्बन्धविच्छेद दर्ता र कानूनी कारवाहीमा गएको अवस्था छ । जिल्लामा भएका यस्ता घटनाहरुको विश्लेषण गर्ने हो भने महिला माथि विभेदकै कारण समस्याहरु निम्तिएको अवस्था छ । अर्कातिर सम्बन्धनधविच्छेद गरीएका बच्चाहरु को पालनपोषण, शिक्षा, दिक्षा जस्ता समस्याहरु रहेको छन् ।
यसरी महिलाहरुसँग जोडीएका हिंसाका घटनाहरु बढि भन्दा बढि आएका छन् । जसको कारण आफनो अधिकार प्राप्त गर्नका लागि महिलाहरु घर, परिवार र समाज सबैबाट बाहिर हुनुपर्ने र पुरुषहरुले सोही घरमा नै बसेर गर्न पाउने जस्ता अभ्यास हाम्रो समाजमा छ । १०५ वर्ष अगाडी महिला र पुरुष वीच भएको लैगिक, सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विभेद अझैपनि विद्यमान छ । यसलाई अन्त्य गर्नका लागि भनेर शुरु भएको यो अन्तराष्ट्रिय श्रमिक महिला दिवसले आज पनि त्यहि सवालमा काम गरीरहेको अवस्था छ । महिलाका सवाललाई महिलाले मात्र नभएर पुरुषहरुले सम्बोधन गर्नु पर्ने, हरेक व्यक्ति, घर, परिवार, समाज, नागरीक समाजका व्यक्तित्वहरु सबैले यो अभियानमा लाग्नु जरुर छ ।