विकासको पूर्वाधार बूढीगण्डकीको आधार

1009 पटक पढिएको

सम्पादक: Dhading News

ghimire maideli पानीबिना प्राणी बाँच्नै सक्दैन । यो निविकल्प कुरा हो । प्राणी, अन्न, जल, फल सबै पानीसँग सम्बन्ध रहने कुरा हुन् । विश्वव्रह्माण्डका जलवायु बेग्लाबेग्लै छन् । जहाँ सिंसार जमिन छैन । जलस्रोतको कमी छ त्यहाँको जनजीवन कष्टकरनै भएको पाइन्छ । यस मानेमा नेपाल धनी मुलुक हो । यहाँ अपार जलसम्पदा छन् । यहाँ केवल पिउने पानी पिउनका लागि त हुँदै हो । त्यसको अलाबा पानीबाटै यथेष्ट बिजुली निकाली विकासका हरेक बाटा खोलेर सजिलोसित जिउने बाटो पनि पानी नै हो ।पानीका उपयोगिता धेरै छन् । पानीको सदुपयोग गरौँ स्वच्छ र स्वस्थ भएर बाँचौँ । विश्व पानीदिवस सबैका लागि सधैँका लागि मनाऔँ । पानीको उपयोगिता जीवन र जगतका सबै पक्षमा उत्तिकै आवश्यक छ । आजको वैज्ञानिक युगमा विकासका जुन ढोका खोल्दा पनि पानीनै थर्आत् विद्युत ऊर्जाकै बाहुल्य भएको पाइन्छ ।पानीबाट हुने सिंचाइ र विद्युतउत्पादन यी दुई बाटाबाटनै हो आजकोदुनियाले विकासको प्रतिस्पर्दा गरेर अघिबढ्ने आधार ।
पानीदिवसकै सन्दर्भमा अहिले हाम्रलागि विशेष महत्वको अवसर हो बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना । हामीले प्राथमिकता दिनुपर्ने विषय भनेको यस्ता ठूला विद्युत विकासलाई नै हो । आजको अवस्थामा बिना बिद्युत कुनै पनि काम छिटो छरितो र भरपर्दो तरिकाले हुन प्राय असम्भव नै भइसक्यो । हाम्रोजस्तो अल्पविकसित मुलुकका लागि विकासको अर्को अर्थ भनेकोनै बिद्युत उत्पादन हो । बूढीगण्डकी योजना बाहेक लोडसेडिङ अन्त्यको अर्को विकल्प देखिदैन । अरु सानातिना जतिउत्पादन बढाएपनि त्यसबाट लोडसेडिङको अन्त्य हुन सकेकोछैन । आजको यो अवस्थामा हामी भने अझै पनि रातको अन्धकारमा त्यही टुकीको सहाराले बस्नुपर्ने अवस्थामा छौँ । हामीकहाँ जलस्रोत नभएका होइनन् । यसलाई प्रयोगमा ल्याउन नसक्नु दुःखको कुरो, असक्षमको कुरो, अदूरदर्शिताको कुरो बा सरकारको उदासीनता जे भने पनि हुने भैसकेको छ । जलसम्पदाको देशमा एक्काइसौँ शताब्दीसम्म पनि टुकीकै भरमाबस्नुपरिरहेको अवस्थालाई हेर्दा ।
ad1नेताहरूले जतिसुकै भाषण गरे पनि सरकारले जेजस्तो योजना बनाए पनि अझै मुलुक विद्युतीय समस्याबाट मुक्त हुन सकेको छैन । उद्योगधन्दा, कलकारखाना, बन्दव्यापार, हरहिसाबका सबै मेसिनरी यन्त्रहरू विद्युतीय ऊर्जाबाटै चलेका हुन्छन् । यी सबै यन्त्रहरूलाई दिनरातै चलाउनुपर्ने आजको यान्त्रिक जमानाको व्यस्ततामा बिजुलीबत्तीकै अभाब (लोडसेडिङ) ले दिनभरी अफिसमा झिँगा मारेर बस्नुपर्दाको खेर गएका समयलाई हेरौँ त हामी प्रगतिमा कति पछाडिपरिसकेका छौँ ? हाम्रो अल्छीपन कसरी बढिरहेको छ ? र हाम्रा सरकारी गैरसरकारी बेतनभोगीहरूले कसरी काम गरिरहेका छन् ? यस्तो अवस्थामा हामीले जेजसरि हुन्छ छिटोभन्दा छिटो विद्युत उत्पादन गर्ने कार्यमा ढिलासुस्ति गर्ने बेलै छैन । तै पनि सरकार मसक्क आँटेर एउटा दह्रो नीति लिएर यतातर्फ प्रतिबद्ध भएको देखिदैन । आँटेर केही गरिहाल्दा पनि उल्टै ठेकेदारले ढिलासुस्ति गरिदिने, कबुलेको ठेक्का रकम भाउवृद्धिको बहानामा दोब्बर तेब्बरसम्म नथपे कामै नगर्नेजस्तासमस्याको घोचो तेस्र्याएर अड्डी लिएको अवस्थालाई हेर्दा कतै पुच्छरले त कुकुर घुमाएको होइन ? जस्तो भान सचेत जनतामा पर्नु स्वाभाविकै हो । अब त सर्वसाधारण जनताका छोराछोरी पनि सरकारको नीति र निर्माणका कामकुरामा सचेत भइसकेका छन् ।
अहिले निकै चर्चामा आएको भरपर्दो मुलुककै लोडसेडिङलाई अन्त्य गर्न सक्ने जलाशययुक्त जलविद्युत योजना भनेको बूढीगण्डकी जलविद्युत योजनानै हो । मुलुककै लागि अपरिहार्य र सम्भव भएको भरपर्दो दीर्घकालीन समाधानको गतिलो जलविद्युत विकास त्यही बूढीगण्डकीलाई मान्न सनिन्छ । मध्यमाञ्चल र पश्चिमाञ्चलको दोसाँधमा रहेको सुगम र सुविधायुक्त ठाउँ काम र योजना त्यसैलाई मानिएको छ । सरकारको खिचातानी नहुने हो र मुलुक बनाऔँभन्नेमा सबैका ध्यान त्यतैतिर केन्द्रित हुने हो भने त्यो योजना सफल हुनसक्दा राष्ट्रले विकासमा ठूलो फड्को मार्नसक्ने देखिन्छ ।
सन् २०१३ को फेबुवरीदेखि ३० महिनामा अध्ययन कार्य सम्पन्न गर्ने सर्तमा फ्रान्सको ट्रयाकबेल यीन्जनियरिङ कम्पनीले तीन चरणमा गरेको विस्तृत अध्ययनले प्रायसबै काम तय गर्नै लागिसकेको छ । धमाधम डिपिआर भैरहेको त्यस योजनाको सम्भाव्यता निकै सकारात्मक भएको कुरा प्राविधिकहरूले देखाइरहेका छन् । उक्त सर्वेक्षण यो वर्षभरमा तयार हुने र त्यसको नतिजा सकारात्मक देखिदै आएको क्रमिक प्रतिवेदन फ्रान्सकोट्याकबेलइन्जिनियरिङले हालको सर्वेक्षणबाट दिइरहेको अवस्था छ । जुन प्रतिवेदनको सकारात्मक पक्ष भनेको वहुविकल्पात्मक प्रतिवेदन नै हो । ड्यामभित्रै विद्युतगृह बनाउन मिल्ने, डेढ किलोमिटर सुरुङमार्ग बनाए विद्युतगृह बनाउन मिल्ने र करिब ९ किलोमिटर सुरुङमार्ग बनाउँदा अझै भरपर्दो विद्युत गृह बनी आवश्यकता अनुसार नौदेखि बाह्रसय किलोवाटसम्म बिजुली निकाल्न सकिने विकल्प देखिनुलाई विज्ञहरूले बढी महत्वको र भरपर्दो योजना मानेका छन् । यो योजनाको यस्तो सकारात्मक पक्षलाईप्रभावित क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण नागरिकले पनि स्वागतयोग्य मानेका छन्, स्वीकारेका छन् । जति सुरुङमार्ग लामो भयो उति सम्पन्न गर्न समयलाग्ने र विद्युत क्षमता बढी हुने त छदै छ । तै पनि लाभ लागत र लगानीका हिसाबले हेर्दा यी तीन विकल्पमध्येको उपयुक्त बाटो छिटै लिएर काम सम्पन्न हुन सक्दा मुलुकले विकासको एउटा ठूलै फड्को मार्न सक्ने देखिन्छ । भौगोलिक, भौगर्भिक र हाइडोलजिक अध्ययन लागत फाइदासमेतका दृष्टिले पहिलोलाई केही पक्षले प्राथमिकता दिइरहेको छ ।
बूढीगण्डकी जलविद्युत योजनाबाट पश्चिम गोरखा जिल्ला पट्टिका १३ गाविस र पूर्व धादिङपट्टिका १४ गाविसका केही भाग जलप्रभावित क्षेत्रमा परे पनि टोटल ६० हजार हेक्टर क्षेत्रफल ओगटे पनि प्रभावित आवादी क्षेत्रचाहिँ ६ हजार हेक्टरमात्र पर्ने कुरा पनि सोही सर्वेक्षणले देखाएको हुँदा योजनाको हिसाबले त्यसलाई त्यति बढी क्षेत्रको मुहाबजा दिनु नपरेको कुरा सर्वेक्षणको आँशिक प्रतिवेदन पछिका जनचर्चा बनिेका छन् ।
गणेश हिमालपटिबाट दुबैतिर पहाडको खोच हुँदै आएको बूढीगण्डकी प्राकृतिक हिसाबले सुन्दर र मनोहर देखिन्छ । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके मुलुककै लागि एउटा रमणीय र विशाल देखिने बूढीगण्डकी योजनालाई सफल पार्न सक्नु राष्ट्रकै लागि प्रतिष्ठा र विकासको लागि ठूलो फड्को मान्न सकिन्छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बेनीघाटबाट डेढकिलोमिटर उत्तरमा पर्ने घ्यालचोक र सलाङ गाविसको बीचमा रहेको बूढीगण्डकीमा २६३ मिटर अग्लो र सातसय मिटरलम्बाइ भएको बाँधले २७ गाविसका केही भाग डुवानमा पुग्दा करिब ६० वर्ग किलोमिटर क्षेत्रफलको जलाशययुक्त जलविद्युत योजनाले पोखराको फेवातालभन्दा १५ गुना ठूलो हुने अनुमान गरिएको छ ।
बूढीगण्डकी जलविद्युत आयोजना सफल हुनुबाट मुलुकको विकासका लागि अन्य धेरै सम्भावनाका ढोका खुल्ने देखिन्छ । यस योजनाले कृषि, उदोग, शिक्षा, स्वास्थ्य, सिंचाइर्, पर्यटनजस्ता धेरै पक्षमा प्रभाव पार्ने र राष्ट्रको समग्र विकासमा जताततैबाट टेवादिन ठूलो मद्दत गर्ने देखिएको छ । पश्चिमाञ्चल र मध्यमाञ्चलको दोसाँधमा पर्ने मध्यक्षेत्र भएकोले शहरी विकास, आर्थिक विकास, जनचेतनाजस्ता पक्षमा पनि यसबाट राम्रो प्रभाव पर्ने देखिन्छ ।
यस्तो अपूर्व योजना सुरु हुन लागेको पूर्वतयारीमा अब अरु झिनामसिना कामकुरालाई छोडेरनेता, पाटी र सरकारले देश र जनताको हितलाई सर्वोपरी मानेर अघि बढ्दा यो योजना सफल हुने देखिनछ ।बरु रोजगारी, कार्य अधिकार, अवसर सबैमा सन्तुलन हुनेगरी आपसमा मिलेर कार्य सफल पार्नेतिर सबै पाटी र नेता लागेर सबैको सफलता ठानेर मानेर कार्यगत एकता देखाएर जनताको मन जित्न सक्ने बेला आएको छ । यो अबसरलाई चुक्न नदिनु नेताका पनि प्रतिष्ठाकै विषय बनेको छ । मित्रराष्ट्रलेसमेत सकारात्मक सन्देश दिएर शुभेच्छा प्रकट गरेको यो योजना असफल भयो भनेसबैले पछुताउनुपर्ने अवस्था आउने छ । यसमा सबै पाटी पक्ष र नेता अझै सजग भई बूढीगण्डकी जलविद्युत योजनालाई उच्च प्राथमिकतामा राखेरयोजना सफल पार्न सक्दा मुलुकले विकासमा ठूलो फड्को मार्न सक्ने देखिन्छ ।
घिमिरे ‘मैदेली’